२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने, रु १३ करोडको अस्पताल भवन

२०७५, १२ फाल्गुन आईतवार ०९:५१

फागुन १२, कावासोती (रासस) | नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय खुशी भएका छन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि भरतपुरसम्म धाउनुपर्ने वाध्यता रहेको छ । तर अब जिल्लामा नै सुविधा सम्पन्न सरकारी जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । 

“उपचारका लागि धेरै समस्या रहेको थियो, केही भयो कि भरतपुर दौडिन पर्थ्यो”, मध्यविन्दु–३, का तिकलबहादुर भट्टराईले भन्नुभयो, “अब सरकारी जिल्ला अस्पताल यहीँ बनेपछि सुविधा होला ।” नवलपुरको सदरमुकाम कावासोती क्षेत्रमा केही निजीस्तरका अस्पताल भए पनि जटिल प्रकारका उपचार नहुँदा बिरामी चितवन धाउनुपर्ने अवस्था रहेको छ । 

कावासोती–१०, का राधा चापागाईंले सरकारले कावासोतीको डण्डामा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउने घोषणा गरेसँगै उपचारमा सहजता हुने बताउनुभयो । “पहिले केही जटिल समस्या भए भरतपुर पुग्नु पर्थ्यो, अब जिल्ला अस्पताल यही बन्ने भएपछि सरलरुपमा सहजै स्वास्थ्य जाँचको सुविधा पाइनेभयो”, उहाँले भन्नुभयो । 

नवलपुरको राजमार्ग क्षेत्रमा सवारी दुर्घटनामा परी घाइते हुनेहरुले समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । यहाँ दिनहुँ जस्तो सवारी दुर्घटना हुने गरेका छन् । तर दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन पठाउनुपर्ने बाध्यता छ । चितवन अस्पतालसम्म पुर्याउन झण्डै ४०–४५ मिनेट लाग्ने गर्दछ । 

जटिल प्रकारका घाइतेलाई चितवन लैजाने क्रममै कतिपयको समयमा उपचार नपाउँदा बाटोमा नै ज्यान जाने गरेको छ । सुविधासम्पन्न जिल्ला अस्पताल यहीँ निर्माण भएसँगै दुर्घटनाका धेरै घाइतेको समयमा उपचार गरी ज्यान जोगाउन सकिने विश्वाससमेत लिइएको छ । 

सामुदायिक अस्पतालको रूपमा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउन अस्पताल विकास समिति र यहाँका जनप्रतिनिधिले पहल थालेसँगै सरकारले समेत यसलाई सकारात्मकरूपमा लिँदै जिल्ला अस्पताल बनाउने निर्णय गरेको हो । 

“जिल्ला अस्पताल बनाउने निर्णय भइसकेको छ”, मध्यविन्दु अस्पतालका अध्यक्ष चेतनाथ पोखरेलले भन्नुभयो, “फागनु २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जिल्ला अस्पताल घोषणाका लागि आउँदै हुनुहुन्छ । 

रु १३ करोडको अस्पताल भवन 

जिल्ला अस्पताल बन्ने क्रममा रहेको मध्यविन्दु सामुदायिक अस्पतालले रु १३ करोडको लागतमा सुविधा सम्पन्न अस्पताल भवन निर्माणको कार्य शुरु गरेको छ । 

पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ पाँचतले अस्पताल भवन निर्माण गर्न लागिएको हो । अस्पतालका अध्यक्ष पोखरेलका अनुसार अस्पताल भवन निर्माणका लागि अन्तर्राष्ट्रिय संस्था नेपाल हिल्फे वाइलिड्ड ग्रिस जर्मनीले ५० प्रतिशत लागत सहयोग गर्ने गरी सम्झौता गरेको छ । 

सोही संस्थाले केही रकम प्रदान गरेसँगै अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु गरिएको हो । भवन निर्माण सम्पन्न गर्न अन्य रकममा स्थानीय तह, प्रदेश सरकार लगायतको सहयोग रहने अध्यक्ष पोखरेलले बताउनुभयो । अस्पतालले समेत केही लगानी गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते