२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने, रु १३ करोडको अस्पताल भवन

१२ फाल्गुन २०७५, आईतवार ०९:५१

फागुन १२, कावासोती (रासस) | नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय खुशी भएका छन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि भरतपुरसम्म धाउनुपर्ने वाध्यता रहेको छ । तर अब जिल्लामा नै सुविधा सम्पन्न सरकारी जिल्ला अस्पताल निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । 

“उपचारका लागि धेरै समस्या रहेको थियो, केही भयो कि भरतपुर दौडिन पर्थ्यो”, मध्यविन्दु–३, का तिकलबहादुर भट्टराईले भन्नुभयो, “अब सरकारी जिल्ला अस्पताल यहीँ बनेपछि सुविधा होला ।” नवलपुरको सदरमुकाम कावासोती क्षेत्रमा केही निजीस्तरका अस्पताल भए पनि जटिल प्रकारका उपचार नहुँदा बिरामी चितवन धाउनुपर्ने अवस्था रहेको छ । 

कावासोती–१०, का राधा चापागाईंले सरकारले कावासोतीको डण्डामा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउने घोषणा गरेसँगै उपचारमा सहजता हुने बताउनुभयो । “पहिले केही जटिल समस्या भए भरतपुर पुग्नु पर्थ्यो, अब जिल्ला अस्पताल यही बन्ने भएपछि सरलरुपमा सहजै स्वास्थ्य जाँचको सुविधा पाइनेभयो”, उहाँले भन्नुभयो । 

नवलपुरको राजमार्ग क्षेत्रमा सवारी दुर्घटनामा परी घाइते हुनेहरुले समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । यहाँ दिनहुँ जस्तो सवारी दुर्घटना हुने गरेका छन् । तर दुर्घटनाका घाइतेलाई उपचारका लागि चितवन पठाउनुपर्ने बाध्यता छ । चितवन अस्पतालसम्म पुर्याउन झण्डै ४०–४५ मिनेट लाग्ने गर्दछ । 

जटिल प्रकारका घाइतेलाई चितवन लैजाने क्रममै कतिपयको समयमा उपचार नपाउँदा बाटोमा नै ज्यान जाने गरेको छ । सुविधासम्पन्न जिल्ला अस्पताल यहीँ निर्माण भएसँगै दुर्घटनाका धेरै घाइतेको समयमा उपचार गरी ज्यान जोगाउन सकिने विश्वाससमेत लिइएको छ । 

सामुदायिक अस्पतालको रूपमा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल बनाउन अस्पताल विकास समिति र यहाँका जनप्रतिनिधिले पहल थालेसँगै सरकारले समेत यसलाई सकारात्मकरूपमा लिँदै जिल्ला अस्पताल बनाउने निर्णय गरेको हो । 

“जिल्ला अस्पताल बनाउने निर्णय भइसकेको छ”, मध्यविन्दु अस्पतालका अध्यक्ष चेतनाथ पोखरेलले भन्नुभयो, “फागनु २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जिल्ला अस्पताल घोषणाका लागि आउँदै हुनुहुन्छ । 

रु १३ करोडको अस्पताल भवन 

जिल्ला अस्पताल बन्ने क्रममा रहेको मध्यविन्दु सामुदायिक अस्पतालले रु १३ करोडको लागतमा सुविधा सम्पन्न अस्पताल भवन निर्माणको कार्य शुरु गरेको छ । 

पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ पाँचतले अस्पताल भवन निर्माण गर्न लागिएको हो । अस्पतालका अध्यक्ष पोखरेलका अनुसार अस्पताल भवन निर्माणका लागि अन्तर्राष्ट्रिय संस्था नेपाल हिल्फे वाइलिड्ड ग्रिस जर्मनीले ५० प्रतिशत लागत सहयोग गर्ने गरी सम्झौता गरेको छ । 

सोही संस्थाले केही रकम प्रदान गरेसँगै अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु गरिएको हो । भवन निर्माण सम्पन्न गर्न अन्य रकममा स्थानीय तह, प्रदेश सरकार लगायतको सहयोग रहने अध्यक्ष पोखरेलले बताउनुभयो । अस्पतालले समेत केही लगानी गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य