फागुन २४, पर्वत / जिल्लामा संचालन भएको दादुरा रुवेला खोप अभियान सोमबार सकिएको छ । जिल्लामा रहेका ४७ गाविस र एक नगरपालिकामा सोमबार अन्तिम पटक उक्त खोप लगाइ अभियान सकिएको हो । ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा र रुवेला खोप र जन्मे देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खाुवाइएको थियो ।
जिल्लामा उक्त अभियानलदाई दुइचरणमा विभाजन गरी अभियान संचालन गरीएको थियो जसमध्ये पहिलो चरण माघ २४ गतेदेखि फागुन ३ गते सम्म चलेको थियो भने उक्त चरणमा मल्लाज, बासँखर्क, धाइरिङ, शालिजा, लेखफाँट, पाङ, बनौं, खुर्कोट, नाङलीवाङ्, दुलर््ुङ, बाजुङ, क्याङ, तिलाहार, चुवा, देउपुर, देउराली, चित्रे , आर्थर, राम्जा देउराली, पकुवा, ठूलीपोखरी, कार्किनेटा, खौलालाकुरी, पिपलटारी, शंकरपोखरी, थापाठाना, भुकताङ्ले, भंगरा , मुडिकुवा, कटुवाचौपारी , शिवालय गरी ३१ वटा गाविसमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फागुन ४ गतेदेखि फागुन २३ गते सम्म संचालन भएको थियो जसमा लिमिठाना , पाङराङ ,. कुर्घा , देविस्थान , खानीगाउँ, ठानामौलाद , लुंखु , भोक्सिङ, बालकोट , पाखापानी , फलामखानी , होश्राङ्दी , भोर्ले ,. सरौखोला , हुवास ,ं त्रिवेणी , टकलाक , बेउलीबास , उरामपोखरा , वहाँकीठाँटी , शालिग्राम , रानीपानी , बर्राचौर र बाच्छा गरी २४ गाविसमा संचालन भएको थियो ।