९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानलाई प्रदेश ५ को राजधानी बनाउन माग

१२ फाल्गुन २०७५, आईतवार १४:४४

फागुन १२, प्यूठान (रासस) | जिल्लाका सरोकारवालाले प्रदेश ५ को राजधानी बुटवल वा दाङ हुन नहुने सुझाव दिएका छन् । 

प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आज सरोकारवालाले प्रदेश राजधानी बुटवल वा दाङ हुन नसक्ने बताएका छन् । यस प्रदेशका १२ जिल्लामध्ये प्यूठान सबैभन्दा पायक पर्ने ठाउँ भएकाले प्यूठानलाई पनि समेटी राजधानी बनाउन माग गरिएको हो । 

स्थायी राजधानी बुटवल, तुल्सीपुर र घोराही राजधानी बन्ने चर्चा चलिरहेका बेला प्यूठानवासीले यी तीन वटै ठाउँलाई अस्वीकार गरेका हुन् । प्रस्तावित ठाउँ विकसित भइसकेकाले नयाँ ठाउँलाई प्रदेश राजधानी बनाएर उक्त ठाउँको विकास गर्न प्रदेश सरकारले नयाँ रणनीति बनाउन जरुरी रहेको सरोकारवालाको माग थियो । 

भारत र चीनको नजीक भएका क्षेत्रमा राजधानी बनाउन नहुने यहाँका बासिन्दाको तर्क छ । प्रदेशसभा विशेष समितिले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीले नयाँ ठाउँमा राजधानी बनाउन सुझाव दिएका हुन् । सहभागीले प्रदेशको स्थायी राजधानी बनाउँदा प्यूठानको सरुमारानी गाउँपालिकासँगै दाङको राप्ती र गडवा गाउँपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका क्षेत्रलाई समेटी राजधानी बनाउनसमेत सुझाव दिएका हुन् । 

राजधानी नामकरणमा समेत सुझाव दिँदै प्यूठानको प्रमुख पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी जोडेर नामकरण गर्न जिल्लावासीले आग्रह गरेका छन् । सो कार्यक्रममा प्रदेशसभा सदस्य, जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत नागरिक समाजको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने