२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

आफ्नै छोरीको हत्या आरोपमा जन्मकैद

२०७५, १२ फाल्गुन आईतवार १५:०७

फागुन १२, दुल्लु (रासस) | दैलेखको महाबु गाउँपालिका–४ काशीकाँधमा आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला अदालतले एकलाई जन्मकैदको सजाय फैसला गरेको छ । 

वर्ष २९ की जौकला भनिने शर्मिला बुढाले आठ महीनाअघि विष खुवाई नौ वर्षीया छोरी भावनाको हत्या गरेको ठहर गर्दै अदालतले आज २० वर्ष जन्मकैदको फैसला गरेको हो । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट सो फैसला गरिएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो । 

गत असार ९ गते घरमा बिहानको खाजा भनी दिइएको चाउमिनमा विष घोलेर खुवाएका कारण भावनालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । घटनामा १३ वर्षीय छोरा भूपेन्द्रलाई समेत विष खुवाइ नेपालगञ्ज पुर्याएर उपचार गरी निको भई घर फर्किएपछि गत असार २६ गते शर्मिलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल