राष्ट्रिय स्वाधिनताका लागि लडौं–उपप्रधानमन्त्री केसी  

Posted on: 07 Mar, 2016

फागुन २४, कुस्मा / नेपाल सरकारका उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसीले देश जोगाउन राष्ट्रिय स्वाधिनताको रक्षा गर्न देश भित्र र बाहिरका शक्तिसंग लड्नुपर्ने बेला आएको बताउनुभएको छ । chitra b kc पर्वतको कुस्मामा रहेको रेडियो दिदीबहिनीले आयोजना गरेको बृहद पश्चिमाञ्चलस्तरिय महिला महोत्सवको आईतबार कुस्मामा उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले नेपाल र नेपालीको स्वाधिनतामाथि विदेशीहरुले खेल्न खोजेकाले देश जोगाउन लड्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले नेपालीले जनताको अधिकार रक्षाका लागि ६५ वर्षको मेहेनेतले जारी गरेको संबिधान अरुलाई मन नपरेका कारण देशमा नाकाबन्दीको मार खेप्नुपरेको बताउनुभयो । देशलाई विखण्डन गराउन मधेशलाई पहाडबाट अलग गराउन खोजिएको र त्यो किमार्थ स्विकार नहुने बताउनुभयो । उहाँले भारतले मधेशका २० जिल्ला अलग पार्न चलखेल गरिरहेको दाबी गर्नुभयो । केसीलेले संघीयता विदेशीलाई खुशी बनाउनका लागि ल्याइएको भन्दै राष्ट्रिय जनमोर्चा संघीयता खारेज नभएसम्म लडिरहने बताउनुभयो । उहाँले नेपालको संबिधान बनाउँदा विदेशी बेखुशी हुनुपर्ने कारण नरहेको बताउँदै नेपालका नेताहरु समेत भारतले गरेको नाकाबन्दीलाई अघोषित भन्दै आएको बताउनुभयो । ‘नेपालमा संविधान बन्दा विदेशीलाई टाउको दुख्ने भएपछि कसरी देश समृद्ध हुन्छ’ उहाँले भन्नुभयो आफ्नो देशको संबिधान बनाउन किन भारतलाई पुकार्नुपर्ने रु उहाँले नेपालमा सबैभन्दा बढि भारतकै हस्तक्षेप रहेको बताउनुभयो । केसीले अहिले देश भिरको चुचुरोमा रहेकाले बचाउन नसके भिरबाट खस्ने धारणा राख्नुभयो । देश निकै गम्भिर अवस्थामा रहेको छ उहाँले भन्नुभयो राष्टिय स्वाधिनताका लागि देश जोगाउन सबै मिलेर जानुपर्छ । केसीले भारतले नेपालमा आफु अनुकुलको संविधान नबनेपछि नाकाबन्दी गरेर नेपालका नेताहरुलाई रुवाएको बताउँदै अन्तत उसले संसिवधान संसोधन गराएर फेरी अर्को हस्तक्षेपको श्रृखला शुरु भएको बताउनुभयो । केसीले मधेशी नेताहरु समेत भारतको उक्साहटमा लागेर देशलाई विखण्डन गराउन खोजेको समेत आरोप लगाउनुभयो । नेपाल हिमाल देखि तराईसम्म एउटै हुन्छ र हुनुपर्छ उहाँले भन्नुभयो । केसीले जनसंख्यालाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र बनाउनै नहुने भन्दै अब भुगोलको आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चा सरकारमा जादैमा संघियताको मुद्धा ओझेलमा नपरेको भन्दै संघियताकै गलपासोले देशमा ठूलो संकट आएको दोह¥याउनुभयो । कार्यक्रममा बोल्दै रेडियो दिदीबहिनीका अध्यक्ष तथा सांसद कल्पना चापागाईले समाजमा महिलाहरुले पनि केहि गर्न सक्छने भन्ने उदाहारण रेडियो दिदीबहिनीले हरेक वर्ष देखाउँदै आएको बताईन । उनले अब महिलाहरु सँधै चुलो र चौकोमा मात्र सिमीत नभई समाज र राष्ट्र निर्माणका हरेक गतिविधिमा एकजुट भएर लाग्नुपर्ने बताईन । महिलाहरुको मात्र व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहीनीले आयोजना गरेको महोत्सव २६ गते सम्म संचालन हुने भएको छ । महोत्सवमा लघु तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनी, कृषि तथा पशु प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु रहेका छन् । त्यसैगरी टपरी गाँस्ने प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको छ । चार दिन सम्म संचालन हुने महोत्सवका एक लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । अध्यक्ष चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सिता शर्मा र संचालन अनुसा पौडेलले गरेकी थिईन । यस अघि विभिन्न संघ संस्था, पञ्चे वाजा समुह, कृषि समुह, महिला समुह, क्लव तथा पर्वत, बागलुङ र कास्कीका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक सहितको हजारौको ¥यालीले कुश्माबजार परिक्रमा गरेको थियो ।आइतवारै पन्चे बाजा र टपरी गाँस्ने प्रतियोगिता समेत सम्पन्न भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!