२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वायु उर्जा केन्द्रलाई पुन संचालन गर्न माग

२८ फाल्गुन २०७२, शुक्रबार ०६:३५

फागुन २८, पर्वत । जिल्लाको फलामखानीमा प्रयोग विहिन बनेको वायु उर्जा केन्द्रलाई पुनः संचालनमा ल्याउनको लागि स्थानीयबासीले माग गरेका छन् । विद्युत उत्पादनको क्षेत्रका रुपमा रहेको जिल्लामा पनि लोडसेडिङ भएपछि लोडसेडिङको मारमा परेका उक्त क्षेत्रका बासीले उर्जाकेन्द्रलाई तत्तकाल संचालनमा ल्याउनको लागि दबाब दिने भएका हुन् ।

२०६३ सालमा टि.टि.व.जी.नामक संस्थाको सहयोगमा संचालन भएको उर्जा केन्दको संरक्षण र मर्मत हुन नसकेपछि ६ महिना नपुग्दै प्रयोगविहिन अबस्थामा पुगेको थियो । २२ हजार मिटर उचाईमा रहेको फलामखानी ढडेनको डाडाँमा बिजुली उत्पादनगरि केही समय बिजुली बत्ती बालेका बासीन्दाहरुले आयोजनालाई पुनःसंचालन गर्नको लागि सम्बन्धीत निकायलाई आग्रह गरेको स्थानीय शिक्षक गोबिन्द बहादुर बिश्वकर्माले बताए । बायु उर्जा केन्द्रमा संचालनमा आए लोडसेडिङको मार कम हुने विकको भनाई छ ।

सयंूक्त राष्ट्र सघींय वाताबरण कार्यक्रमले तयार पारेको एक रिपोर्ट अनुसार नेपालमा ३ हजार मेगावाट बिधुत हावा बाट उत्पादन गर्न सकिन्छ । हालको मुल्य अनुसार करिब २० लाख रुपैयाँको लागतमा निर्माण गर्न सकिने उक्त आयोजनाबाट करिब १० देखी १२ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । वायु उर्जा आयोजना पुर्न्निर्माण गर्न सकेमा फलमखानी गाबिसका करिब १ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित हुन देखिन्छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक