२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सांसद जोशीमाथि कार्यकर्ताको प्रश्नै प्रश्न !

२०७२, ३० फाल्गुन आईतवार ०३:३८

joshi newsमहेन्द्र केसी/फागुन ३०, पर्वत । नेपाली काँग्रेस क्षेत्र नं १ पर्वतका सासद अर्जुनप्रसाद जोशीमाथि कार्यकर्ताले यक्ष प्रश्नमाथि प्रश्न थुपारेका छन् ।

संस्थापक (कोइराला) पक्षका मानिएका जोशी एकाएक १३ औं महाधिवेशनको अन्तरालमा प्रजातान्त्रीक (देउवा) पक्षमा गएपछि कार्यकर्ताले आफ्नो विश्वासमाथि घात गर्दै जोशीले कार्यकर्ताको मतदानमाथिनै अपमान गरेको भन्दै किन यस्तो गरेको भनी प्रश्नमाथि प्रश्न राखेका हुन् ।

महाभारतमा पाँच पाण्डप र कौरवविच भएको झगडा जस्तो देखिने नेका भित्रको गुटबन्दीका कारण पार्टीभित्र देखिएको किचलोले पछिल्लो समयमा चर्कौ रुपमा पार्टीभित्र ठूलो हलचलनै मच्चाइरहेको थियो । १३ औं महाधिवेशनको अन्तरालमा पनि दुई पक्षविच ठाउँठाउँमा झडप भएको थियो भने केन्द्रिय अधिवेशनमा समेत झगडाले उघ्ररुप लिएको थियो ।

यसरी पार्टीभित्र मौलाउदै आएको गुटबन्दीका कारण जिल्लामा पनि अधिवेशनका अन्तरालमा ठाउँठाउँमा झडप भएको बाहिर चर्चामा आएको थियो । आफुलाई संस्थापक पक्षको भएको दाबी गर्ने र त्यही अनुसारको कार्यकर्तालाई प्रशिक्षण दिदैं आएका सासद जोशीले पछिल्लो समयमा पदको देउवापक्षमा गएर कार्यकर्ताको विश्वासमाथि अंकुश लगाएको कार्यकताले आरोप लगाए ।

विश्वासमाथि जोशीले अंकुश मात्रै नलगाई मतदानको समेत अपमान गरेको कार्यकताले गुनासो पोखेका थिए । संस्थापक पक्षबाट देउवा पक्षमा जानुनै थियो भने हामीलाई किन भनीएन र एकाएक गुट परिर्वतन गरीएको भन्दै जोशी अबसरबादी बनेको आरोप समेत अधिकांश कार्यकर्ताले लगाए । काकर्ताको प्रश्नमाथि जोशीले जवाफ दिदै आफु काँग्रेसको पाँच तारा र रुखको छहारीमानै रहेको र लामो समयदेखि पार्टीभित्र चल्दै आएका ६० र ४० को भागबन्डाको अन्त्य गर्नको लागि आफुले यस्तो निर्णय लिएको उत्तर दिएका थिए ।

नेपाली काँग्रेसभित्रको गुटबन्दीको अन्त्य गर्नको लागि र देउवानै अब संस्थापक नेता भएको कार्यकर्तालाई बुझाउनको लागि पनि आफुले निर्णय लिएको दाबी गरे । नेपाली काँग्रेसभित्र रहेको दुइ गुटको अन्त्यका लागि पक्ष र विपक्ष वा गुटबन्दी नभई एक हुने बेला आएको र आफ्नो निर्णयलाई कार्यकर्ताले बुझ्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित