Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १४ गते, बिहान ११:३८ बजे दाङ्ग - DNG, समाज

दाङमा हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, लमही | तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताउनुभयो ।

तुलसीपुरमा एक लाख ६४ हजार २१८ जनसङ्ख्यामध्ये करीब २० हजारमा हात्तीपाइलेको संक्रमण देखिएको उहाँको भनाइ छ । यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको सङ्ख्या न्यूनीकरण हुननसकेको भन्दै नवाँै पटक दाङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो ।

दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ । सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ । “आठ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइयो”, उहाँले भन्नुभयो, “हात्तीपाइले रोग न्यूनीकरण हुन नसकेपछि नवौँ पटक औषधि खुवाउने तयारी भइरहेको छ ।”

तुलसीपुरमा ९५ स्वास्थ्यकर्मी

हात्तीपाइलेविरुद्धको औषधि खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार प्रत्येक वडामा पाँच÷पाँच स्वास्थ्यकर्मी खटाइएको छ । सो कार्यका लागि रु ११ लाख २७ हजार बजेटको व्यवस्था गरिएको छ । रासस