करसम्मबन्धी व्यवसायीसँग अन्तरक्रिया

Posted on: 13 Mar, 2016

फागुन ३०, पर्वत । उद्योग बाणिज्य संघ पर्वत र ग्लोब टच ट्रेनिङ प्रालि पोखरा एवं औद्योगीक व्यवसाय विकास प्रतिष्ठान पोखराको संयुक्त आयोजना कर सम्बन्धी अन्त्रक्रिया तथा अभिमुखी कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार उद्योग बाणिज्य संघको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा व्यापारीहरुले राज्यले आफुहरुलाई करको दायरामा ल्याएको तर करको बारेमा अझै पनि स्पष्टरुपमा आफुहरु जानकार हुन नसकेका कारण राज्यलाई ठूलो रुपमा कर तिर्नुपरेको धाराणा व्यक्त गरेका थिए ।

व्यापारव्यवसाय संचालनको लागि पान नब्बर अनिवार्य गराएता पनि ग्रामिण क्षेत्रमा संचालनमा आएका पसल तथा व्यवसाय वा सहकारीले करसम्बन्धी अझै अबधारण नबुझ्दा ठूलो रुपका एकैचोटी कर तिर्नुपरेका व्यवसायीले गुनासो गरे ।

पान नब्बरबाट भ्याटमा जाँदा र पान नब्बरमानै पाँच हजार भन्दा बढीको विवरण उल्लेख गर्नको लागि नुहने भएता पनि कतिपयले नबुझ्दा समस्या आएको बताए । कार्यक्रममा लेखा तथा कर विशेषज्ञ चाटर्ड एकाउन्टेन्ट सुनिल र चाटर्ड एकाउन्टेन्ट मनोज काफ्ले व्यवसायीको प्रश्नमा प्रकाश पारेका थिए ।

उनीहरुले कर तिर्नबाट व्यवसायी डराउन नहुने र कर तिरेमा आर्फैलाई फाइदा हुने भन्दै करछलि गर्न खोजेमा त्यसको ठूलो क्षती आफैले भोग्नुपर्ने भएका कारण व्यवसायी सचेत रहनुपर्नेमा जोड दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!