२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

करसम्मबन्धी व्यवसायीसँग अन्तरक्रिया

२०७२, ३० फाल्गुन आईतवार ०३:४५

फागुन ३०, पर्वत । उद्योग बाणिज्य संघ पर्वत र ग्लोब टच ट्रेनिङ प्रालि पोखरा एवं औद्योगीक व्यवसाय विकास प्रतिष्ठान पोखराको संयुक्त आयोजना कर सम्बन्धी अन्त्रक्रिया तथा अभिमुखी कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार उद्योग बाणिज्य संघको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा व्यापारीहरुले राज्यले आफुहरुलाई करको दायरामा ल्याएको तर करको बारेमा अझै पनि स्पष्टरुपमा आफुहरु जानकार हुन नसकेका कारण राज्यलाई ठूलो रुपमा कर तिर्नुपरेको धाराणा व्यक्त गरेका थिए ।

व्यापारव्यवसाय संचालनको लागि पान नब्बर अनिवार्य गराएता पनि ग्रामिण क्षेत्रमा संचालनमा आएका पसल तथा व्यवसाय वा सहकारीले करसम्बन्धी अझै अबधारण नबुझ्दा ठूलो रुपका एकैचोटी कर तिर्नुपरेका व्यवसायीले गुनासो गरे ।

पान नब्बरबाट भ्याटमा जाँदा र पान नब्बरमानै पाँच हजार भन्दा बढीको विवरण उल्लेख गर्नको लागि नुहने भएता पनि कतिपयले नबुझ्दा समस्या आएको बताए । कार्यक्रममा लेखा तथा कर विशेषज्ञ चाटर्ड एकाउन्टेन्ट सुनिल र चाटर्ड एकाउन्टेन्ट मनोज काफ्ले व्यवसायीको प्रश्नमा प्रकाश पारेका थिए ।

उनीहरुले कर तिर्नबाट व्यवसायी डराउन नहुने र कर तिरेमा आर्फैलाई फाइदा हुने भन्दै करछलि गर्न खोजेमा त्यसको ठूलो क्षती आफैले भोग्नुपर्ने भएका कारण व्यवसायी सचेत रहनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर