२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सुनकोटको लेकसम्म पुग्न तीन किलोमिटर सिँढी बन्दै

२०७५, १४ फाल्गुन मंगलवार १०:१८

रीता लामा | फागुन १४, घोराही | ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पाण्डवेश्वर महादेव मन्दिरबाट सुनकोटको लेक पुग्ने सिँढी बनाइने भएको छ । 

धार्मिक एवं प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण रहेको सुनकोटको लेक(डाँडा) पुग्नका लागि पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले पाण्डवेश्वर धाम र सुनकोटको लेकलाई सिँढीमार्फत जोड्ने योजना ल्याएको हो । 

समितिले उक्त विषयलाई विशेष प्राथमिकतामा राखेर काम थालिएको छ । घोराही उपमहानगरपालिका–५ स्थित उक्त लेक पुग्नका लागि चार हजार ९६३ सिँढी बनाउने निर्णय भएको पाण्डवेश्वर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सिँढीका लागि अध्ययन गर्दा धारापानीबाट सुनकोटको लेकसम्म पुग्न करीब पाँच हजार सिँढी बनाउनुपर्ने एउटा अध्ययनले देखाएको छ । 

अध्यक्ष अधिकारीका अनुसार सुनकोटसम्म पुग्नका लागि सबै सिढीँ भक्तजनको दानबाट निर्माण गरिने छ । सुनकोटको भगवती मन्दिरसम्म पुग्नका लागि नापजाँचको सबै काम पूरा भएको र ५०० भक्तजनले सिँढी निर्माणका लागि समितिमा नामसमेत दर्ता गराइसकेका छन् भने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले २४ वटा सिँढी बनाउने घोषणा गर्नुभएको छ । 

समितिका कोषाध्यक्ष विष्णुराम आचार्यका अनुसार एउटा सिँढी रु २४ हजार ५५ को लागतमा निर्माण सम्पनन हुने इञ्जिनीयरले जानकारी गराएका छन् । सोहीअनुसार भक्तजनसँग रकम जम्मा गर्ने काम भइरहको छ । यस आधारमा रु ११ करोड ९३ लाख ८४ हजार ९६५ को लागतमा सम्पूर्ण सिँढी निर्माण हुने समितिले जनाएको छ । यी सबै रकम भक्तजनसँग उठाइने छ । प्रत्येक भक्तजनलाई एउटा मात्र सिँढी निर्माणको काम दिइने छ । सिँढी निर्माणमा सहयोग गर्ने भक्तजनले आफू र आफ्नो आफन्तको नाम त्यसमा लेख्न पाउने व्यवस्था छ । 

विश्वकै अग्लो त्रिशूल हेर्नेको घुइँचो 

घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर धाम दाङको निकै चर्चित धार्मिकस्थल हो । उक्त स्थानमा विश्वकै अग्लो त्रिशूल निर्माण गरेपछि पछिल्लो समय यसको अवलोकन गर्नेको भीड यहाँ लाग्ने गरेको छ । त्यस क्षेत्रको व्यवस्थित विकासका लागि त्यहाँ तीव्ररुपमा पूर्वाधार निर्माणको काम पनि भइरहेको समतिले जनाएको छ । 

मन्दिरलाई आकर्षक बनाउने भन्दै समितिले मन्दिर नजिकै विश्वकै अग्लो त्रिशूल निर्माण गरेको हो । सोही त्रिशूल हेर्नेको घुइँचो दिनानुदिन बढ्दो छ । उक्त त्रिशूल हेर्न जिल्ला र अन्य छमेकी जिल्ला मात्र नभई नेपाल तथा भारतका तीर्थयात्रु यहाँ आउने गर्छन् । विभिन्न स्थानबाट पाण्डवेश्र मन्दिर हँुदै स्वर्गद्वारी पुग्नेको भीड पनि उस्तै देखिन्छ । 

समितिका अनुसार त्रिशूल हेर्नकै लागि सरदर दैनिक एक हजार आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । शिवरात्रिको दिन विशेष मेला लाग्ने पाण्डवेश्वर धाममा हिजोआज दर्शकको बाक्लै उपस्थिति देखिन्छ । मन्दिर नजिक ठूलो त्रिशूल बनेपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको अध्यक्ष अधिकारीले बताउनुभयो । पूजा गर्नेभन्दा पनि त्रिशूल नजिक फोटो खिच्ने र रमाउनेको सङ्ख्या धेरै छ । 

पञ्च धातुबाट निर्मित 

विश्वकै अग्लो मानिएको त्रिशूल पञ्चधातुले निर्माण गरिएको छ । त्रिशूलको उचाइ ५५ दशमलव ५ मिटर अग्लो छ भने गोलाइ ४४४ इञ्च छ । त्रिशूल तीन भागमा विभाजित छ । त्रिशूलको बाहिरी भाग तामा, भित्र भाग फलाम, टाउकाको तीन वटा चुच्चो पित्तल र त्रिशूलमा राखिएको बञ्चरो काँसको छ भने थोरै मात्रामा चाँदी पनि मिसाइएको छ । 

सात हजार ७१८ किलो फलाम, २२६ दशमलव ३६ किलो तामा, १० किलो कांस र २५५ किलो पित्तल मिसाइएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार त्रिशूलको जग निर्माणका लागि मात्रै पाँच हजार २५० किलो फलाम प्रयोग भएको छ । उक्त त्रिशूल २०७१ फागुनमा बुटवलको एक फलाम उद्योगबाट बनाएर दाङ ल्याइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो