२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

१५ फाल्गुन २०७५, बुधबार ०६:०७

फागुन १५, पर्वत । यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । 

साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी १५ श्ययासहितको अस्पताल बनाउन अनुमति प्रदान गरेपछि निर्माण प्रक्रिया थालिएको हो । 

सङ्घीय र प्रदेश सरकारको ९० प्रतिशत र स्थानीय महाशीला गाउँपालिकालको १० प्रतिशत साझेदारीमा अस्पताल सञ्चालन गर्न लागिएको अध्यक्ष उच्चैले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि सुधारमन्त्री पद्मा अर्याल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र प्रतिनिधिसभा सदस्य पदम गिरीले विशेष पहल गर्नुभएको उच्चैको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार अस्पतालको नवनिर्मित भवन निर्माणका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन भइसकेको छ । पौडेलले भन्नुभयो, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको जग्गा र भौतिक संरचनामा केही थप गरेर आवश्यक संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको हो । स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको उहाँको भनाइ छ । 

अस्पतालको भवन निर्माण गर्न आवश्यक बजेटसमेत यसै वर्ष विनियोजन भइसकेको बताइएको छ । अब तत्काल भवन निर्माणका लागि आवश्यक तयारी गरिने वडाध्यक्ष उच्चैले जानकारी दिनुभयो । 

यस क्षेत्रमा अस्पताल निर्माण भएपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि सदरमुकाम कुश्माबजार, पोखरा, स्याङ्जा जान बाध्य स्थानीयवासी लाभान्वित हुने भएका छन् । यो अस्पतालबाट महाशीला गाउँपालिकाका छ वटै वडा, फलेवास नगरपालिकाको वडा नं १० कुर्घा, पैंयु गाउँपालिकाका भोर्ले र सरौखोला तथा विहादी गाउँपालिकाको बाच्छालगायत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य