२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

२०७५, १५ फाल्गुन बुधबार ०६:०७

फागुन १५, पर्वत । यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । 

साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । सङ्घीय सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी १५ श्ययासहितको अस्पताल बनाउन अनुमति प्रदान गरेपछि निर्माण प्रक्रिया थालिएको हो । 

सङ्घीय र प्रदेश सरकारको ९० प्रतिशत र स्थानीय महाशीला गाउँपालिकालको १० प्रतिशत साझेदारीमा अस्पताल सञ्चालन गर्न लागिएको अध्यक्ष उच्चैले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि सुधारमन्त्री पद्मा अर्याल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र प्रतिनिधिसभा सदस्य पदम गिरीले विशेष पहल गर्नुभएको उच्चैको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार अस्पतालको नवनिर्मित भवन निर्माणका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन भइसकेको छ । पौडेलले भन्नुभयो, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको जग्गा र भौतिक संरचनामा केही थप गरेर आवश्यक संरचना निर्माणका लागि जग्गा व्यवस्थापन गरिएको हो । स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको उहाँको भनाइ छ । 

अस्पतालको भवन निर्माण गर्न आवश्यक बजेटसमेत यसै वर्ष विनियोजन भइसकेको बताइएको छ । अब तत्काल भवन निर्माणका लागि आवश्यक तयारी गरिने वडाध्यक्ष उच्चैले जानकारी दिनुभयो । 

यस क्षेत्रमा अस्पताल निर्माण भएपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि सदरमुकाम कुश्माबजार, पोखरा, स्याङ्जा जान बाध्य स्थानीयवासी लाभान्वित हुने भएका छन् । यो अस्पतालबाट महाशीला गाउँपालिकाका छ वटै वडा, फलेवास नगरपालिकाको वडा नं १० कुर्घा, पैंयु गाउँपालिकाका भोर्ले र सरौखोला तथा विहादी गाउँपालिकाको बाच्छालगायत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित