११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बर्राचौरमा खानेपानी योजनाको निर्माण कार्य सकियो

३० फाल्गुन २०७२, आईतवार ०४:३२

khanepaniदेवराज पुरी/फागुन ३०, पर्वत । बर्राचौर गाविस वार्ड नं. ७ स्थित कार्तिके गैरे असीमुरे खानेपानी योजनाको सम्पूर्ण काम सम्पन्न भएको जनाइएको छ ।

बर्राचौर गाविसमा संचालित ३ वटा खानेपानी योजनाहरु मध्ये यस कार्तिके गैरे असीमुरे खानेपानी योजनाको निर्माणको काम अग्रपंक्तीमा सकिएको हो । जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना पर्वतको आर्थिक, सामाजिक, प्राविधिक सहयोग रहेको यस खानेपानी योजनाले सेवाबाट छुटेको बस्ति, खानेपानी पर्याप्त नभएका बस्तीका उपभोक्ताहरुका लागि खानेपानीको सम्बोधन गर्ने लक्ष्य रहेको छ ।

योजनामा इन्टेक २ वटा, रिजर्भेसन ट्यांकी २ वटा, मूख्य पाईप लाईन तथा शाखा पाइप लाईन खन्ने पुर्ने काम, रिजर्वेसन ट्यांकी वरिपरी ब्यबस्थित वारवेर, रङ्गरोगन, धारा ५ वटा निर्माण एबं सार्बजनिक चर्पी १ वटा निर्माण सम्पन्न भइसकेको कुरा बर्राचौर रानीपानीका फिल्ड संयोजक देवराज पुरी बताउछन ।

कार्तिके गैरे असीमुरे खानेपानी योजनाबाट दलित घर धुरी तथा अन्य घरधुरीका जना लाभान्वित हुने भएका छन् । उक्त योजना समूदाय, गाउँ विकास समिति, जिल्ला विकास समिति, नेपाल सरकार तथा फिनल्याण्ड सरकारको सयुक्त लगानी रु ११०९१३९.३६ मा निर्माण सम्पन्न भएको हो ।

बर्राचौर गाविसकै सरसफाईको नमूना वार्डको रुपमा रहेको यस वार्डमा खानेपानीको योजना एबं सार्बजनिक चर्पीको निर्माणले सरसफाईका लागि थप टेवा पुगी उदाहरणीय वार्ड बनाउनमा सहयोग भएकोले जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्बतलाई सधै सम्झिरहने कुरा स्थानिय समाजसेवी भवानी प्रसाद शर्मा बताउछन ।

खानेपानी योजनाको निर्माणले बास्तविक आवश्यकता भएको बस्तीका लागि पानीको योजना संचालन भएको कुरा योजनाका अध्यक्ष कुल बहादुर हिताङ्ग ब्याख्या गर्छन् भने सार्बजनिक शौचालयको निर्माण गर्नाले छिमेकी वार्ड तथा छिमेकी गाविसका खेतबारीमा आवत जावत गर्ने एबं ओढारे पँधेरो प्रयोग गर्ने सबैका लागि चर्पी प्रयोगमा सुविधा भएको हुँदा म भित्री मन देखी नै साह्रै खुशी भएकी छु भन्छिन् समाजसेवी आमा – जयन्ती गिरी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो