२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

मंगलबार र बुधबार शुदूर पहाडी क्षेत्रमा भारी हिमपात, जनजिव कष्टकर (तस्बिरसहित)

२०७५, १५ फाल्गुन बुधबार ०६:१९

कृष्ण बिष्ट । फागुन १५, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा मंगलबार बिहान देखि बिहिबार सम्मको लगातारको हिमपातले यहाको जनजिवन कष्टकर बनाएको छ । बैतडी, दार्चुला, बझाङ्, डडेल्धुराका उच्च भेगमा हिमपात भए सँगै जनजिवन कष्टकर बनेको हो । 


बैतडीका उच्च भेगहरु खोडपे, सतबाज, श्रीभावर, दार्चुलाको ब्यास क्षेत्र, दुहु त्यसैगरी बझाङ्का उच्च भेग, देउलेक, बित्थड, र डडेल्धुराको स्याउले, भालुमारे लगायतका क्षेत्रमा भारी हिमपात भएको छ । 

हिमपातले स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बनेको छ ।  लगातार दुइ दिनको हिमपातले यहा चल्ने सवारी साधन समेत नियमित सञ्चालनमा आउन सकेका छैनन । मंगलबार र बुधबारको हिमपातले बिद्युत सेवा पनि अबरुद्ध भएको छ । 


यस्तै ग्रामिण भेगमा बाक्लो हिमपातले दैनिक कामकाज गर्न समेत अप्ठेरो भइरहेको स्थानियहरुले बताएका छन । लगातारको हिमपातले मेलापात गर्न र अन्य काम गर्न नसकिएको स्थानिय नर बहादुर बिष्टले बताए ।  बेला बेलामा भईरहेको हिमपातले समस्या भएको उच्च लेकाली क्षेत्रमा बसोबास गर्ने  स्थानीयहरुको  भनाइ  छ । 

हिमपातले सिंचाई नभएका ठाउँमा भने सिंचाइको काम गरेकाले हिउँदे बाली तथा तरकारीको उत्पादनमा वृद्धि हुने आशा पलाएको छ  । हिउदे झरी सँगैको हिमपातले सिचाइ अभाव रहेको क्षेत्रमा हिउदे बाली सप्रीने कृषी ज्ञान केन्द्र बैतडीका निमित्त अधिकृत कर्ण बहादुर चन्दले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते