पढ्न करिब 1 मिनेट लाग्छ

टेकेन्द्र बोहरा । फागुन १५, बझाङ । बिद्युत् प्राधिकरण बझाङ बितरण शाखाको जग्गामा बनेका घर हटाउन आनाकानी भन्ने समाचार साझा सवालमा प्रकासित भएपछी नेपाल बिद्युत् प्राधिकरण बझाङ शाखाले सरकारी जग्गामा निर्माण भएका घर टहरा हटाएको छ । साझा सवालमा प्रकाशित भएको समाचार यस्तो थियो ।

बिद्युत् प्राधिकरणको जग्गामा निर्माण भएका टहरा हटाउन आनाकानी

नेपाल बिद्युत् प्राधिकरण बझाङ शाखाको जग्गामा वसेका स्थानीयले त्यहाँवाट घर–टहरा हटाउन आनाकानी गरेका छन् ।

बझाङको पुरानो सुर्मादेबि बिद्युत प्राली रहेको वेला होटल तथा पसल सञ्चालनका लागी भाडामा निर्माण गरीएका टहरा हटाउन पटक पटक आग्रह गरेको तिन महिना बितीसक्दा पनी स्थानीयले बनाएका घर टहरा हटाउन आनाकानी गरेको बिद्युत् प्राधिकरण बितरण शाखा बझाङका प्रमुख राकेश भट्टले वताउनुभयो ।

उहाँले एक हप्ता भित्र हटाउने भनीएतापनी तिन महिना बितीसक्दा समेत नहटाएको वताउनुभयो ।