प्रगतिशिल लेखक संघमा निर्जन

Posted on: 13 Mar, 2016

nirjanफागुन ३०, पर्बत । प्रगतिशिल लेखक संघको अध्यक्षमा अर्जुन पौडेल निर्जन चयन भएका छन ।

शनिवार पर्वतको डिमुवामा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट पौडेल अध्यक्षमा चयन भएका हुन । त्यसैगरी संघको उपाध्यक्षमा बिमलराज शर्मा, सचिवमा किशोर मनस्वी, सह सचिवमा संगीता सुवेदी र कोषाध्यक्षमा हिरामणी भुषाल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा राजन लामिछाने र केशव देवकोटा चयन भएका छन । बाँकी चार सदस्य भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।

यसै वीच प्रगतिशिल लेखक संघ पर्वतका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य वैगुष्ठ भुषालले कार्यक्रममा बोल्दै समाज रुपान्तरणमा लेखकहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै समाज परिर्वतनका पक्षमा लेखकहरुको कलम चन्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै भुषालले संविधान निर्माण पछि पनि देश जटिल मोडबाट गुज्रीएको परिवेशमा देशमा सवै प्रगतिशिल बामपन्थीहरु एक ठाउँमा उभिन पर्ने बताए ।

कार्यक्रममा निवृत्त शिक्षक समाज पर्वतका अध्यक्ष बाबुराम सुवेदी, प्रगतिशिल लेखक संघका निर्वतमान अध्यक्ष सैलज पौडेलले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन किशोर मनस्वीले गरेका थिए ।

कार्यक्रममा प्रगतिबादी लेखकहरुको सहभागीता रहेको थियो । प्रगतिशिल लेखक संघको केन्द्रिय महाधिवेशनलाई लक्षित गरी उक्त अधिवेशन सम्पन्न गरिएको नवनिर्वाचित अध्यक्ष निर्जनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!