Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

व्यवसायिक बायोग्यास प्लाण्ट निर्माणका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

By kit

भाष्कर के.सी । फाल्गुन १५, कञ्चनपुर । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको नवीकरणीय उर्जा विस्तार कार्यक्रम अन्र्तगत १ दिने क्षेत्रिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवसायिक बायोग्यास प्लाण्टको विस्तारका लागि केन्द्रले बायोग्यास कम्पनी तथा कञ्चनपुरका कृषकहरु संगको १ दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

बायोग्यास र प्रांगारिक मल उत्पादनको माध्यमबाट फोहरको दिगो व्यवस्थापन गरि वातावरणीय स्वच्छता कायम राखौ भन्ने मुलनाराका साथ केन्द्रले कञ्चनपुरका कृर्षकहरुलाई सजक तुल्याएको छ । विगत वर्षौ देखि काठ दाउरा हुदै , एलपिजी ग्यासको प्रयोग गरिहेका कृषकहरुलाई वायोग्यास उत्पादन गरि अतिरिक्त आय आर्जन गर्न प्रेरणा दिदै वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले गाई भैसि बङ्गुर तथा कुखुरा पालन गरेका ब्यबसायिक फर्महरुले ठुलो क्षेमताको बायोग्यास प्लान्ट निर्माणमा अनुदानको समेत व्यवस्था गरिएको जनाएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बेतकोट नगरपालीकाका नगरप्रमुख असोक कुमार चन्दले स्थानियतहबाट वायोग्यास प्लान्ट सँचालनमा कृषकहरुलाई आवस्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कृषकहरुले स्वरोजगार बनि बायोग्यास प्लान्ट सँचालनबाट पनि घरधन्दा चलाउन खर्च धान्नसक्नेमा जोड दिएका छन् । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रले उपलब्ध गराएको अनुदानलाई कसरी बढी भन्दा बढि सदुपयोग गर्न सकिन्छ त्यसका लागि आफु पनि बेटकोट नगरपालीकाका कृषकहरुप्रति सकारात्मक रहेको बताए । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रका रबिन्द्र प्रसाद धितालले गोबर ग्यास बनाउन प्रयोग हुने प्रविधिका बिषयमा कार्यक्रममा प्रस्तुति राख्नु भएको थियो । उनले १ सय ५० व्यवसायिक फर्म बनाउने कार्य सम्पन्न भईसकेको बताउदै ३० वटा निर्माणको चरणमा रहेको बताउनु भयो । उनले बाकिरहेका बायोग्यासहरुमा सम्भाव्यता अध्ययन गरेर अनुदान उपलब्ध गराउने बताउनु भएको छ ।

साथै थप माग भईआएमा पनि त्यसका लागि पनि अनुदान दिईने उहाको भर्ना थियो । उनले तराई तथा पहाडको क्षेत्रमा गाई भैसि तथा बङ्गुर पालनकर्ताहरुलाई फरक फरक अनुदान रकम उपलब्ध गराईने जानकारी दिनुभयो । ठुला बायोग्यास शाखाका कार्यक्रम अधिकृत अनपम भुसालले कार्यक्रमका बिषयमा प्रस्तुतिकरण गरेका थिए भने कार्यक्रमको सञ्चालन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रदेश प्रमुख सुजन पौडेलले गर्नु भएको थिया भने कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय ग्रामिण तथा वैकल्पिक उर्जा बिकास प्रा.लि महेन्द्रनगरका निर्देशक ज्ञानेन्द्र महताले राख्नु भएको थियो कार्यक्रा वायोग्यास प्रवद्र्धन संघका क्षेत्रिय संयोजक कुबरेर बहादुर सिहको संयोजकत्वमा सम्पन्न गरिएको थियो कार्यक्रममा सुदुरपश्चिम प्रदेशका वायोग्यास निर्माण कम्पनीका प्रमुख तथा ब्यबसायिकक सिानहरुको सहभागिता रहेको थियो ।