२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भुमिकास्थान नगरपालिकाबाट ७ लाख बराबरको निशुल्क दुर्घटना विमा सुरु

२०७५, १६ फाल्गुन बिहीबार १२:२५

फागुन १६, अर्घाखाँची | अन्य देसमा जाने मानिसहरुको अनिबार्य विमा गर्नु पर्ने नियम भएपनि भारतमा जाने मानिसहरु विमा विनानै जाने गरेका छन । 

महिला सहकारीलाइ सक्षम रुपमा अगाडी बढाइ सहकारीका सदस्यलाइ आत्मनिर्भर बनाउन काम गरिहेको सस्था जनचेतना सरोकार मञ्चले अक्सफार्मको सहयोगमा र भुमिकास्थान नगरपालिकाको सहकार्यमा प्रभु इन्स्योरेन्स लिमिटेड मार्फत निशुल्क दुर्घटना विमाको सेवा ल्याएको हो । भुमिकास्थान नगरपालिकाको वाड नम्वर ४ धारापानीमा रहेको शसक्तिकरण महिला कृषि सहकारी सस्थाले वाड नम्वर ३ र ४ मा स्थायी घर भइ रोजगारीको सिलसिलामा रहेका ६३ जनाको निशुल्क विमा गरि, निशुल्क विमाको सुरुवात गरिएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताउनु भयो।  विमालेख पत्र एक कार्यक्रमका विच नगर प्रमुख रेशम थापाले शसक्तिकरण महिला कृषि सहकारी सस्थाकि अध्यक्ष सिता खड्कालाइ हस्तान्तरण गर्नु भएको छ ।

भुमिकास्थान नगरपालिकाको १,२,३,४ र ९ नम्वर वडा बाट मात्रै झण्डै २ हजार जना मानिसहरु  रोजगारीकोलागि भारतमा गएका छन । शसक्तिकरण महिला सहकारी संगसंगै ढाकाबांगमा रहेको भुमिकास्थान नगरपालिकामा रहेका  वार्ड– १ मा रहेको जनचेतना महिला कृषि सहकारी सस्था, र ९ मा रहेको गंगा जमुना महिला बचत तथा ऋण सहकारीले निशुल्क विमाको कार्य गर्नेछन । 


रोजगारीकोलागि भारतमा गएर असुरक्षित रुपमा काम गरिरहेका श्रमीकहरुको समस्या समाधान गर्न निशुल्क विमाको सुरुवात गरिएको जनचेतना सरोकार मञ्चका ब्यबस्थापक युवराज ज्ञवालीले बताउनु भयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने