२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१० सरकारी कार्यालय धारापानीमा गाउँमै सेवा पाउँदा स्थानिय बासिन्दा हर्षित

१६ फाल्गुन २०७५, बिहीबार १२:३२

फागुन १७, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका स्थानिय बासीन्दाले गाउँमै सरकारी सेवा पाएसछि खुसि महसुस गरेका छन् । धनचौरको घुम्ती शिबर पछि पुनः भुमिकास्थान ३ धारापानीमा जिल्ला प्रशासन सहित सवै सरकारी कार्यालयहरु गाउँघरमै पुगेका छन् । सदरमुकाम आउँन जान एक हजार खर्च लाग्ने धारापानीकी ६२ वर्षिय मुमकला खनालले घुम्ती शिविरमा नागरिकताको प्रतिलिपी निकालीन् । उनको नागरिकता च्यातीएको थियो, उनी जिल्ला प्रशासन सन्धिखर्क जान भ्याएकी थिईनन् । नागरिकताको प्रतिलिपी पाएपछि खुसी भईन् ।

भुमिकास्थान नगरपालिकाले माघबाट सुरु गरेको ज्येष्ठ नागरिक परिचय पत्र चुराबहादुर खत्रीले घर आगनबाटै प्राप्त गरे । ३० मिनेट हिडेर आएका खत्रीले ६४ नम्बरमा परिचय पत्र पाउँदा खुसी हुदैँ भने, घरको आटो खाएर, गाउँमै परिचय पत्र पाए, हामी स्थानिय बासिन्दा खुसी छौँ ।


जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जगन्नताथ तिवारीले ३५१ जनाको स्वास्थ्य परिक्षण गरे । उनको नेतृत्वमा १५ जनाको टिमले स्वास्थ्य परिक्षण, सगै निशुल्क औषधी वितरण ग¥यो । औषधी लिन र स्वास्थ्य चेक गराउँन स्थानीय बासीन्दाको दिनभर भिड्भाड् रहयो । ८४ वर्षिय लालबहादुर सुनारले स्वास्थ्य परिक्षण गराए । उनलाई विपी बढी देखियो, डाक्टरको सल्लाहअनुसार निशुल्क औषधी पाउँदा खुसी देखिए । डिलाराम उपाध्ययाले निममित आएको औषधी सकिएको थियो । त्यहीँ औषधी लिन सन्धिखर्क जानुपर्दथ्यो, गाउँमै पाए, हर्षित छु, उनले भने ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँघरमै गएर जनताहरुलाई सेवा दिएको छ । भुमिकास्थान नगरपालिकाको समन्वयमा भएको घुम्ती शिविरमा जिल्लाका १० वटा सरकारी कार्यालयले गाउँवाटै सेवा दिएका छन् । जसमा जिल्ला प्रशासनले दिने सेवामा २०० जना भन्दा बढीले नागरिकता गाउँबाटै प्राप्त गरको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु वेल्वासेले जानकारी दिए ।


प्रशासनले जनतालाई सहज होस् भनी प्रत्येक वर्ष घुम्ती शिविर सञ्चालन गर्ने गर्दछ । शिविरमा २०० वटा नागरिकता वितरण, ३०१ जनाको जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य परिक्षण, ३५१ जनाले जिल्ला आयुर्वेद कार्यालय मार्फत स्वास्थ्य परिक्षण, ५१ वटा सिमकार्ड वितरण, कृषि ज्ञान केन्द्रले २०० कृषकको माटो परिक्षण, ३ उद्योग दर्ता, निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउँने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

शिविरबाट ९०० जना सेवाग्राहीले लाभ लिएका छन् । जिल्लाको ग्राणिण क्षेत्र ढाकावाङ्ग र धारापानीका गरि २६ पसलहरुको अनुगमन पनि गरिएको छ । अनुगमनबाट स्थानियलाई सुझाव र सल्लाह समेत दिईएको छ । नगरप्रमुख रेशम थापाले भुमिकास्थानले सवै जनतालाई सहज भन्ने उद्देश्यले गाउँगाउँमा पुगेर जनतालाई सेवा दिएको बताए ।

धारापानीका दिनबहादुर भाटको पसल पहिलोपटक अनुगमन भयो । उनलाई सुझाव सल्लाह दिनुका साथै, लाईसेन्स अप्राप्त सुर्तिजन्य सामाग्री जफत गरिएको । जिल्ला प्रशासन कार्यालय अनुगम समितीका संयोजक जिवनारायण कोईरालाले भने, २८ पसलको अनुगमन गर्यौं, दर्ता नभएकालाई दर्ता गर्न, पसलको मुल्य सूची र वोर्ड राख्न निर्देशन दिएका छौँ । अनुगमनमा मदिरा, सुर्ति, तराजु ३ थान, भुजा, चाउचाउ, कोल्ड डिङक्स, पाउरोटी लगाएतका सामाग्री जफत गरिएको छ, आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य