मंगलबार दिउँसो बेनी नगरपालिका–६ स्थित खोलामा नुहाउन गएका बेनपा–१२ डडुवाका १६ वर्षीय अनिल पाइजाको घटन

Posted on: 15 Mar, 2016

12803209_1001724829882625_8056908574644346237_n-750x722पर्वत, । पर्वतमा राजनैतिक दबदबा कायम राख्न सफल मानिएका तथा क्षेत्र न १ बाट पटक पटक निर्वाचन जिती हाल सांसद समेत रहेका कांग्रेस नेता अर्जुन प्रसाद जोशी नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा पराजीत भएका छन । प्रदेश न ४ बाट केन्द्रिय सदस्य पदमा उमेदवार बनेका जोशीले १२१७ मत ल्याए । प्रदेश न ४ बाट ९ जना उमेदवारी परेको थिए जसमध्ये गोविन्द भट्टराई १२९९ र सुरेन्द्र पाण्डेले १२८६ मत प्राप्त गरी विजयी भएका छन । भट्टराई रामचन्द्र पौडेल प्यानलबाट उमेदवार बनेका हुन भने पाण्डेय देउवापक्षबाट उमेदवार बनेका हुन । लामो समयसम्म कोइराला परिवार संस्थापन पक्ष हुँदा जोशी संस्थापन पक्षका नेताका रुपमा चिनिन्थे, उनले देउवा समुहका नेताहरुलाई हरेक समय सौतनी ब्याबहार गर्ने गरेको देउवा समुहमा रहेका नेताहरुले गुनासो गर्थे । ११ औं र १२ औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट केन्द्रिय सदस्य पदमा जीत हात पारेका जोशीले १३ औं महाविधेशनमा भने आफनो समर्थन परिर्वतन गरी शेरबहादुर देउवालाई समर्थन गर्दै सोहि प्यानलबाट उमदेवारी दिएका थिए । संस्थापन पक्षबाट रामचन्द्र पौडेल सभापतिका लागि उमेदवार बनिरहेको बेला जोशीले भने सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्दै उमेदवारी दिए पछि भने गृह जिल्ला पर्वतमा उक्त विषय निकै चासोको विषय बनिरहेको थियो । जिल्ला अधिवेशनकै समयमा मिडियाहरुबाट देउवापक्षमा जोशी लाग्ने सम्भावना रहेको तथ्य सार्वजनिक भईरहेको बेला महाविधेशनमा जोशीले खुलेरै देउवालाई समर्थन गरेपछि भने उक्त कुरा प्रमाणित भएको थियो । गुट परिर्वतनको वास्तविकताNepal- Convention-Congress धौलागिरी अञ्चलमा नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा परिचित अर्जुन जोशी पर्वत क्षेत्र न १ बाट ३ पटकसम्म चुनाव जित्ने सफल राजनैतिक नेता हुन । उनले दुई पटकको संविधान सभाको निर्वाचन र अन्तिम पटक भएको संसदीय निर्वाचनमा जीत हासिल गरेका कारण उनी पर्वतको राजनीतिमा बलिया नेताका रुपमा परिचित छन । केन्द्र्रमा कोइराला परिवारको आधिपत्य नेपाली कांग्रेसमा भएजस्तै पर्वतमा पनि जोशी परिवारको नेपाली कांग्रेसमा विगत लामो समय देखि आधिपत्य रहँदै आएको छ । एकातर्फ, संसदीय निर्वाचनमा निरन्तरको जीतले बलियो भएका जोशी लामो समयसम्म कांग्रेसको जिल्ला सभापति भएर समेत आफनो आधिपत्य जमाउन सफल भएका थिए । पर्वतमा जोशी परिवारको दबदबामा रहेका अधिकांश कांग्रेस कार्यकर्ताहरुमा जोशीको छत्रछायाँ पर्दै आइरहेको छ । जोशीको विपक्षको रुपमा तत्कालीत प्रजातान्त्रिक धारका नेताको रुपमा परिचित नवराज गुरुङ रहेपनि जोशीले भने सवैजसो राजनैतिक पहुँचबाट गुरुङलाई सधै अलग राख्दै आएका थिए । १२ औं महाधिवेशनमा गुरुङ पक्षका सवैलाई पराजीत गर्दै जोशीले जिल्ला कमिटि र महाधिवशेन तथा महासमिति समेत आफनो पक्षमा पार्न सफल भएका थिए । यता, १३ औं महाधिवेशनमा आइपुग्दा भने परिणाम उल्टिएको छ । प्रजातान्त्रिक समूह निकै कमजोर रहेको पर्वतको जिल्ला अधिवशेनमा भने जिल्ला कमिटि सचिव सहित महत्वपूर्ण पदहरुमा उक्त पक्षले जित हासिल गर्न सफल थियो । लामो समयसम्म तत्कालीन संस्थापन पक्षका नेताको रुपमा चिनिएका जोशीले १२ औं महाधिवेशनबाट केन्द्रिय सदस्य पनि भएका थिए, पटक पटक संसदीय निर्वाचनमा जीत हासिल गरेको केन्द्रिय सदस्य जस्तो ब्यक्तिले मन्त्री पद नपाएपछि भने उनी निकट जिल्लाका कार्यकर्ता भने निराश थिए । तीन पटकसम्म संसदीय निर्वाचन जितेका, पार्टीको केन्द्रिय सदस्य भईसकेका जोशीको अन्तिम अपेक्षा मन्त्री पद भएपनि त्यो अन्तिम इच्छा पुरा नभएपनि अधिकांशले जोशीले प्यानल परिर्वतन गरेर भएपनि मन्त्री पद खाने आशंका गरीरहेका थिए । जोशी निकट कार्यकर्ताका अनुसार उनले शेरबहादुर देउवा १३ औं महाधिवशेनमा बलियो हुने र देउवा पक्षधर नेता धौलागिरी क्षेत्रमा कम भएका कारण आफूले मन्त्री पद पाउने अपेक्षा सहित जोशीले गुट परिर्वतन गरेका थिए । भन्नेहरुको जिल्लामा कमी छैन । अन्तीम अबश्थामा आइर जोशीले गुट परिवर्तन गर्दा अन्य देउवा निकटका नेताहरुमा निराशा छाएको थियो । जिल्लाका कार्यकर्ता अलमलमा पर्वतमा जोशी परिवारको आशा र भरोसामा राजनीति गर्ने नेता तथा कार्यकर्ताहरु भने जोशीले समूह परिर्वतन गरेपछि विलखबन्दमा परेका छन यकातिर गुट परिवर्तन र अर्को तर्फ केन्द्रिय सदस्यमा भएको पराजयको कारण कार्यकर्ताहरु निराश देखिन थालेका छन । लामो समयसम्म देउवा पक्षका नेता तथा कार्यकर्ताहरु माथि एक छत्र राज गरीरहेका तत्कालीन संस्थापन पक्षका नेताहरु यति बेला भने केन्द्रमा देउवा सभापतिमा निर्वाचित हुने र जोशी पनि सोहि समूहमा गएकाले कुन समूहको पछि लाग्ने भन्ने दोधारमा परेका छन । केहि नेता तथा कार्यकर्ताहरु जोशी कै पछि लागी देउवा पक्षमा लुरुलुरु नजाने विचारमा छन भने केहि भने जोशी विनाको पर्वत कांग्रेसको परिकल्पना हुन सक्दैन भन्दै उनकै पछि लाग्ने निधो गरेका छन । आस्था र विचारको राजनीतिमा लागेका नेताहरु आफनो समर्थन तत्कालीन संस्थापन पक्ष रामचन्द्र पौैडेललाई नै गर्ने बताउदै आए पनि जोशी परिवार विपरीत दिशामा लाग्ने देखिदैन । लामो समयसम्म कोइराला निकट राजनीतिमा लागेका जोशी एकाएक देउवापक्षमा गएसंगै पर्वत जिल्लाको कांग्रेसको राजनैतिक समीकरणमा निकै ठूलो उथलपुथल हुने अनुमान गरिएको छ । केन्द्रिय पहूँचका लागि केन्द्रिय सदस्यमा जोशी पराजीत भएपछि भने, उनी निकट कार्यकर्ताहरु अझै धेरै रुष्ट भएका छन । अधिकांश जोशी निकट कार्यकर्ताहरुले गुट परिर्वतन गर्न नहुने सुझाब दिइरहेको बेला गुट परिर्वतन गरेर चुनाव हार्दा जिल्लाको राजनैतिक जीवनमा जोशीको प्रभाव यथावत रहने वा नरहने अझै निश्चित भईसकेको छैन । भने अब लामो समय देखि शेर बहादुर देउवाका बिश्वास पात्रका रुपमा रहेका पर्वतका अर्को नेता नवराज गुरुङलाई देउवाले नै केन्द्रिय सदस्यमा मनोनित गर्ने आश्वासन दिएर उमेद्वारी फिर्ता गराएको बताइएका बेला नवराज गुरुङ केन्द्रिय सदस्य भए भने जोशी परिवारको राजनितीलाई आरालो लगाउने अनुमान पनि जिल्लामा चलिरहेको छ ।-बैगुण्ठ गिरीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!