Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एक शिक्षकको भागमा छ विद्यार्थी

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

फागुन १७, बर्दिया | गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा एउटा शिक्षकको भागमा छ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ ।

उक्त विद्यालयमा १८ जना विद्यार्थी मात्र अध्ययनरत छन् । तीन जना शिक्षक मात्र रहेको उक्त विद्यालयमा एक शिक्षकको भागमा छ विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ ।

कुनै समयमा ३०० भन्दा बढी विद्यार्थी हुँदा शिक्षक अभावले एक शिक्षकले ६०÷७९ विद्यार्थीलाई एउटै कक्षामा अटाइ नअटाइ राखेर पढाउनु पर्ने अवस्था थियो तर अहिले भने विद्यालयमा १८ विद्यार्थी मात्रै रहेका छन् । भर्ना भएका २४ जनामध्ये १८ जना विद्यार्थी मात्रै नियमित पढ्न आउने गरेका छन् ।

कक्षागत रुपमा भने कक्षा एकमा चार जना भर्ना भएकोमा दुई जना मात्र पढ्न आउने गरेका छन् । कक्षा दुईमा चार भर्ना भएकोमा तीन, कक्षा तीनमा तीन भर्ना भएकोमा दुई, कक्षा चारमा चार भर्ना भएकोमा तीन र कक्षा पाँचमा नौ भर्ना भएकोमा आठ जना नियमित पढ्न विद्यालय आउने गरेको प्रधानाध्यापक दिवाकर वैद्य थारूले बताउनुभयो । विद्यालय सेवा क्षेत्रमा विद्यालय आउने उमेरका बालबालिकाको कमी रहेको र भर्ना भएका पनि आर्थिक अवस्था कमजोर भएका बुबाआमा कमाउन भारततर्फ जाँदा बालबालिका आफूसँगै लिएर गएकाले उपस्थित हुन नसक्दा विद्यार्थीको सङ्ख्या कमी भएको उहाँले बताउनुभयो ।

विगतको वर्षमा विद्यालयको खेल मैदान र कक्षा कोठा भरिभराउ हुने गरेकोमा अहिले सुनसान हुन्छ । गुणस्तर शिक्षाका लागि सरकारी विद्यालय भरपर्दो नभएका कारण देखाउँदै अभिभावकले निजी विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न थालेपछि गणेश प्राविमा विद्यार्थीको सङ्ख्या घटेको गेरुवा गाउँपालिका–१ का वडाध्यक्ष दयाराम वैद्य थारूले बताउनुभयो । वडाध्यक्ष वैद्यले भन्नुभयो, “विद्यालयका प्रधानाध्यापकले नै हरेक बिहान आफ्नो छोराछोरीलाई नजिकको निजी विद्यालयमा पढ्न पुर्याएर जागीर खानकै लागि मात्र भने पनि गणेश प्राविमा हाजिर लगाउन आउँछन् । साँझ विद्यालय समय पूरा हुने बित्तिकै छोराछोरी लिन निजी विद्यालयमा पुग्छन् ।”

शिक्षकले आफूले राम्रो पढाउँछु भन्ने आत्मविश्वास नरहेको कारण नै आफ्ना छोराछोरीलाई निजी स्कूलमा भर्ना गरेकाले अन्य अभिाभावकले पनि सो विद्यालयमा भर्ना नगरी निजीमा पढाउने गरेको स्थानीय बुद्धिजीवी गौतमराज चौधरीले बताउनुभयो । शिक्षकको गैरजिम्मेवारीका कारण विद्यालयमा पढाइको स्तर र विद्यार्थी सङ्ख्या घटेको अभिभावकको आरोप छ ।

सो विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र शिक्षाको गुणस्तर पनि सुधार गर्न गेरुवा गाउँपालिका शिक्षा शाखाका प्रमुख अमृत पुनले विद्यार्थी सङ्ख्या न्यून रहेको विद्यालयलाई नजिकको कुनै अर्को विद्यालयमा मिलाउन कार्यविधि चाहिने र अहिले कार्यविधि नबनिसकेको अवस्थामा समस्या भएको बताउनुभयो ।

विद्यायलय व्यवस्थापन पक्षले आउने शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या बढाउने प्रतिबद्धता गरेको अवस्था रहेकाले पनि हाललाई सोहीरुपमा चलाउन दिइएको पनि उहाँले बताउनुभयो ।