२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

माझी वस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि बिरामीलाई सहज

२०७५, १७ फाल्गुन शुक्रबार ०८:३६

चिसाङ शेर्पा | फागुन १७, खोटाङ | खोटाङको बतासेस्थित भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात भएको छ । गाउँघरमै सामान्य स्वास्थ्य उपचार दिलाउन दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाट माझी वस्तीमा स्वास्थ्य इकाईको सुरुवात भएको हो । स्वास्थ्य इकाई स्थापनासँगै चार घण्टाबढी पैदल हिडेर स्वास्थ्य चौकी धाउनुपर्ने माझी समुदाय लगायतको बाध्यता हटेको छ ।


नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदाय रहेको सो स्थानमा गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न औषधी तथा उपकरण खरीदपछि साविकको गाउँघर क्लिनिक राखिएको घरमा निःशुल्क दुइवटा कोठामा स्वास्थ्य इकाईको स्थापना गरिएको हो । भण्डारेघाटका माझी समुदायसहित खोटेहाङ गाउँपालिकाको लिच्किराम्चे, हलेसी तुवाचुङ नगरपालिकाको राजापानी रेग्मीटार र उदयपुरगरी एक हजारबढी घरधुरीले लाभ उठाउने सामुदायिक इकाईको शुक्रबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । उद्घाटन लगत्तै वडाध्यक्ष लोकेन्द्र राई र स्थानीय बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षणसहित औषधी वितरण तथा सल्लाह सुझाव दिइएकोे छ । 

स्वास्थ्य इकाईका लागि गाउँपालिकाले परिवार नियोजनका साधनहरु सहित ३७ प्रकारका औषधी, बिपि सेट एक थान, आला एक थान, फोरसेफ, सिजर, थर्ममिटर एक थान, प्रोसेफ एक थान र स्केल एकथान उपलब्ध गराएको थियो । सामुदायिक स्वास्थ्य इकाईबाट गर्भवती महिलाको जाँच, आइरन चक्की वितरण, रुघाखोकी, घाउँ, चोटपटक, प्रेसर जाँच, झाडापखला लगायतका सामान्य समस्याको उपचार हुने गाउँपालिका स्वास्थ्य संयोजक मुस्ताक अहमदले बताए ।

यसअघि, बतासेमै स्वास्थ्य चौकी भए पनि भण्डारेघाटका स्थानीयले चार घण्टाबढी हिडेर जानुपर्ने थियो । त्यही समस्यालाई ध्यानमा राखेर स्थापना गरिएको स्वास्थ्य इकाईमा उनीहरुले सरलरुपमा सुविधा लिन पाउने संयोजक अहमदले बताए । विगत लामो समयदेखी स्वास्थ्यमा समस्या आउँदा महंगो खर्चमा गाडी चढेर दिक्तेल र सुनकोशी तरेर उदयपुरको गाइघाट धाउँदै आएका माझी समुदायसहित अन्य घर आँगनमै स्वास्थ्य इकाई सुरु भएपछि हर्षित बनेका छन् । सो भेगमा नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित