२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढीको प्रचार प्रसारको लागी मेला

१७ फाल्गुन २०७५, शुक्रबार ०८:४६

माधव बेल्वास । फागुन १७, कपिलवस्तु । कपिलवस्तुको धरोहर ऐतिहासिक शिवगढी मन्दिरको प्रचार प्रसार प्रर्वद्धन गर्ने उद्देश्यका साथ महाशिवरात्री मेला विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । शिवगढी किल्लाको प्रचार प्रसार गर्ने उद्देश्यले धानखोला र रमुवादह गरी दुई ठाउमा मेला लाग्ने वताइएको छ । हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजक शिवगढी पर्यटन विकास संस्थाले जनाएको छ । 


जिल्लाको शिवराज नगरपालिका वाड नं ९ शिवगढीको चुचुरोमा अवस्थित शिवगढी मन्दिरमा महाशिवरात्रीको अवसरमा नेपाल र भारतका विभिन्न क्षेत्रका हज्जारौ हिन्दु श्रद्धालु भक्तजनहरु शिवलिङ्गको पुजा आरधाना गर्न आउने गरेका छन । समुद्र सहतबाट ९५४ मिटर उचाइमा रहेको शिवगढी मन्दिरमा परापूर्वकाल देखि नै महाशिवरात्री पर्वका दिन विशेष पुजाआजा हुने गरेको छ । सोही दिन कपिलवस्तु, रुपन्देही, दाङ्ग,नवलपरासी,प्यूठान जिल्ला र छिमेकी भारतको उत्तर प्रदेश,विहार लगायतबाट हजारौको संख्यामा दर्शन गर्न आउने गर्दछन  ।

मन्दिर क्षेत्रमा केहि महिना अघि प्रदेश सभा सदस्य अर्जुन केसी,पुरातत्व अधिकृत सहितको टोली सो मन्दिर क्षेत्रमा पुगेको थियो । तत्कालिन बौद्ध धर्मालम्बि दैलेखी राजा रिपु मल्लको पालामा बुद्ध जन्मस्थल लुम्बिनी आवतजावत गर्ने मार्ग समेत रहेकोले बौद्ध सर्किटको समेत सम्भावना रहेको प्रारम्भीक अनुमान गरिएको थियो ।

शिवगढी क्षेत्रमा शिवरात्रीको समयमा भक्तजनहरुको उल्लेखनीय सहभागी हुने भएकोले मेला आयोजना गरेको आयोजकको भनाई रहेको छ । धानखोला र वानियाभार प्रवेश द्धार रहेकोले उक्त स्थानहरुमा मेला आयोजना गरीएको हो ।

विविध ऐतिहासिक क्षेत्र शिवगढी धार्मिक दृष्टिले मात्रै नभइ पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण क्षेत्र रहेको वडा नं ९ शिवगढीका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले बताए । प्रचार प्रसारको अभावमा अझै पनि ओझेलमा नै रहेको मन्दिरको प्रचारका लागी कार्यक्रमको आयोजना गरिएको उनले बताए । रमुवादहमा बृहत साँस्कृतिक कार्यक्रम फागुन १८, १९ र २० गते सम्म हुने छ भने धानखोलामा १९ र २० गते हुने छ ।

शिवगढीको प्रचार संगै शिवगढी पर्यटकीय करिडोर निर्माणमा कार्यक्रमले टेवा पुग्ने वानियभारमा आयोजित मेलाका संयोजक माल बहादुर घर्तिमगरले वताए ।त्यस्तौ धानखोला कार्यक्रमका संयोजक दिनेश पुनले शिवगढी जिल्लाकै चिनारी रहेकोले प्रचार प्रसारगर्न आवश्यक रहेको वताए ।

कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरु सम्झना लामिछाने,राम चन्द्र चन्द, सन्दिप न्यौपाने, श्रीनिवास चौधरी,  दिपक भण्डारी, शिव खनाल, बर्षा लम्साल, मिसन भुसाल, मोडल तथा कोरियोग्राफर सुमन पौडेल, मोडल श्रृजन पोखरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने के।सी।ले जनाए । साथै छमछमी कलाकेन्द्र र स्थानिय क्लबहरुको पनि प्रस्तुती रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने