पढ्न करिब 2 मिनेट लाग्छ

सम्राट सिंह | बझाङ १७, फागुन | बाँके जिल्लाबाट सरुवा भएर बझाङ आएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लालाई समृद्घ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउँनुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा उनले सूदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको विकास गर्न सबैले आ– आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नुपर्ने बताएका हुन ।

आजै जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीको पदभार समाले लगत्तै उनले जिल्लाका पत्रकार, राजनितिक दलका नेता, नागरिक समाजका अगुवा र समाजसेवीहरुसँग छलफल गरी जिल्लाको सम्पूर्ण विषयमा जानकारी लिएका छन ।

प्रमुख जिल्ला अधिकारी सुनारलाई पनि बझाङका राजनितिक दलका नेता, पत्रकार, समाजसेवी सबैले स्वागत गर्दै जिल्लाको समग्र क्षेत्रलाई मनन् गरी काम गर्न आग्रह समेत गरेका छन ।

कार्यक्रममा जिल्लामा जुवातास, अवैध मदिरा बिक्री वितरणमा कमी ल्याउन प्रशासनले थप पहल गर्नुपर्ने विवेकशिल साझा पार्टीका नेता रमेस महरले बताए । उनले भने जिल्लामा राजनितिक दलका नेताको मनसुनका आधारमा कामहुने र पहँच नहुने सर्बसाधारणको काम नहुने हुँदा यसलाई रोकथाम गरी सबैलाई एकनासको सेवा दिन समेत आग्रह गरे ।

फोटो क्याप्सन: आज बझाङको प्रमुख जिल्ला अधिकारीको पदभार समालेपछि पत्रकार र राजनितिक दलका नेताहरुसँग छलफल हुँदै । तस्बीर: सम्राट सिंह बझाङ