२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तोरी खेती गर्न छाडेपछि मौरीका लागि चरन अभाव

१८ फाल्गुन २०७५, शनिबार ०२:०७

फागुन १८, पर्वत | मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ । उहाँले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थाल्नुभएको छ । 

व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् । फागुन महीना गाउँका फाँटभरि तोरीका फूलले पहेँलै हुनुपर्ने भए पनि केही वर्षयता तोरी खेती गर्ने क्रम घट्दो छ । किसानले तोरी लगाउन छाडेपछि माहुरीपालक किसान समस्यामा छन् । तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेशा गर्ने जनशक्तिको कमीलगायतका कारणले तोरी खेती गर्ने किसान घटेका हुन् । 

माहुरीले तोरीको फूलको रसबाट यो सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भए पनि तोरीको उत्पादन घटेसँगै माहुरीको चरन अभाव हुँदै गएको हो । बिहादी–१ बाच्छाका माहुरीपालक किसान उत्तम परियारले पाँच–छ वर्षयता हिउँदका पाँच महीना माहुरीलाई चरनको अभाव हुने गरेको बताउनुभयो । 

विभिन्न प्रकृतिका विषादीको प्रयोगले माहुरी मर्ने र घारै रित्तिनै समस्या बढ्दै गएको उहाँले बताउनुभयो । किसानले जैविक मल र विषादीको प्रयोग गरेर हिउँदे बाली लगाउने बेलासम्म माहुरी फष्टाउने गरेकामा हिजोआज उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, अनधिकृत विषादीलगायतका कारणले माहुरीको जैविक प्रणालीमा समेत गम्भीर असर परेको किसानले बताएका छन् । 

मोदी–२ कुँडुलेका हेमनाथ चापागाईंले घर वरपर एक दर्जन घारका माहुरीलाई पनि चरनको अभाव भएको बताउनुभयो । कुँडुलेमा १४–१५ परिवारले व्यावसायिक माहुरी पालन गर्छन् । स्थानीयका अनुसार थाप्लाबारी, कुँडुले, कँडेनलगायतका गाउँ माहुरीका लागि उपयुक्त क्षेत्र छ । 

“चिनी खुवाएर पाल्दा दुःख धेरै हुन्छ, लगानी पनि बढ्छ”, बाच्छाका उत्तम परियारले भन्नुभयो, “लामो समय चिनी खुवाउनुप¥यो भने मह राम्रो हुँदैन ।” कतिपय माहुरीपालक भने प्रविधिको अभावले पनि माहुरीबाट उल्लेख्य लाभ लिन सकिरहेका छैनन् । कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीका अनुसार जिल्लामा वर्षेनि करीब सात टन मह उत्पादन हुँदै आएको छ । पछिल्लो समय रासायनिक प्रकृतिका विषादीको प्रयोग, जमीन बाँझो राख्नेलगायतका कारणले माहुरीलाई गम्भीर असर परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य