२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सौरभ मृत्यु प्रकरण : मेरो छोराले न्याय कहिले पाउँछ – मृतकका बाबु श्रेष्ठ

२०७२, २ चैत्र मंगलवार १०:२२

चैत २ पर्वत . आफ्नै घर नजिकै मृत अवस्थामा फेला  परेका सौरभ श्रेष्ठको बाबुले आफु अन्यायमा परेको बताएका छन् । आफ्नो छोराको हत्या भएको हो वा के कारणले मृत्यु भएको त्यसको बारेका जिल्ला प्रशासन कार्यालय, नगरपालिका र प्रहरी कार्यालयलाई घटनाको रहस्य बाहिर निकाल्न र आफुलाई न्याय दिलाउन माग गरेता पनि  उनीहरुले वेवास्था गरेको आरोप मृतकका बाबुको छ । छोरो त गुमाए तर मैले न्यायको धोका धक्धकाउदाँ पनि न्याय पाउन सकिन के म यो देशको नागरिक हैन, जिल्लाबासी हैन ? यदी हैन भने मलाई निकाला गरीदिनुहोस् र जाने ठाउँ देखाइ दिनुहोस् म त्यही देश र ठाउँमा जानेछु मृतकका बाबु रामकृष्ण श्रेष्ठले भने । आफ्नो छोराको मृत्यु प्रकरणमा मानवअधिकारबादीले पनि चाँसो नदेखाएको उनको आरोप छ । छोराको मृत्यु भएको  हप्तौ दिन हुदाँ पनि मृत्युको कारणबारे खोजि हुन नसकेको उनको तर्क छ ।

मैले सडक अबरोध गरेर टायर जलाएको भए खोजि छिटो हुने थियो होला तर र्मैले त्यसो गर्न नसकेका कारण मेरो छोराले न्याय पाउन सकेन उनले भने । प्रहरीले अनुसन्धान हुदै छ भन्छ तर अझै अनुसन्धानबाट मृत्युको रहस्य बाहिर निकाल्न सकेको छैन अब मेरो छोराले न्याय कहिले पाउँछ उनले भने ।   छोरो गुमाउनुको पीडा ममाथि त छ त्यसमाथि मेरो छोराले न्याय पाउन सकेन । यता जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धान भैरहेको जनाएको छ । मृतक सौरभको मृत्युभएको एक हप्तापछि मात्रै कालीगण्डकी नदी भन्दा केहि माथि गोपाङघाटमा त्रिश्चियन धर्मअनुसार समाधिस्थ गरिएको थियो । जिल्लामा अन्यधर्म अनुसार क्रिश्चियनको समाधिस्थ गर्नै स्थान नभएका कारण हप्तादिन सम्म शब उठ्न सकेको थिएन् ।

अहिले उक्त क्षेत्रबाट शब निकाल्नको समाजबाट दबाब आएको मृतकको परिवारको गुनासो छ ।  कुनपाका कार्यकारी प्रमुख चण्डीका पौडेलले भने कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख चण्डीका पौडेलले क्रिश्चियनहरुको लागि उनीहरुको धर्मअनुसार दाहसंस्कार गर्ने ठाउँको अभाव भएका कारण यस्तो समस्या आएको भन्दै अब उनीहरुको लागि छुट्टै घाटको व्यवस्था गर्न पहल गर्ने बताए । अब हामी उचित ठाउँको खोजी गरी उनीहरुलाई घाटको रुपमा प्रयोग गर्न दिनेछौं चण्डिकाले भने । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने मृतकको शब निकाल्न समाजबाट आएको दबाबबारे आफुलाई जानकार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित