२८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न

Posted on: 16 Mar, 2016

पर्वतको कुश्मा स्थित आदर्श अङ्ग्रेजी आवासयि माध्यमिक विद्यालकोे २८औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्राङगणमा प्रवेशिका परीक्षा २०७२ सालमा सहभागि विद्यार्थीलाई शुभकामना प्रदान, विभिन्न सांस्कृतिक कार्यक्रम तथा मनोविदद्वारा विद्यार्थी अभिभावकलाई प्रेरणा प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई कक्षा दशका विद्यार्थीहरु विवेकानन्द कुमार शा र आसिका सुवेदीले शब्दरुपी भावनाबाट स्वागत गरेका र कक्षा ७ का विद्यार्थीहरुले गीतबाट स्वागत गरेका थिए ।

जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पौडेलद्वारा कार्यक्रमको विधिवत उद्घाटन गरिएको थियो । उक्त अवसरमा गुप्तेश्वर वेद वेदाङगका संस्कृत पाठशालाका विद्यार्थीहरुले स्वस्तिशान्ति बाचन गरेका थिए ।  जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले आफ्नो मन्तव्यमा वि. स. २०४४ सालमा स्थापना भएर विद्यालयले २८ औं अभिभावक दिवस मनाउ“दै गर्दा समय सापेक्ष रुपमा आफूलाई परिवर्तन गर्दै युगानुकुल शिक्षा प्रदान गरेकोमा आफू अत्यन्तै खुशी भएको कुरा बताएका थिए । विद्यालले यसै वर्ष आई. एस. ए. अवार्ड प्राप्त गर्नु, राष्ट्रिय सेवा दलमा तिन वटा विकास क्षेत्रमा वेष्ट पलाटुन बन्नु, अमेरिकन कर्नरको धौलागिरी हब सेन्टरको रुपमा आफूलाई स्थापित गर्न सफल भएकोमा हार्दिक बधाई दिदै गेडिङ स्टिमको प्रथम वर्षमा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई अझै मेहनत र परिश्रमका साथ अध्ययन गरी सबैले ए प्लस ग्रेड प्राप्त गरी विद्यालयको इतिहासलाई अझ उचो बनाउनको लागि शुभकामना समेत प्रदान गरेका थिए । हरेक विद्यालहरुले राम्रा पक्षहरु अनुसरण गर्नु पर्ने कुरा औ“ल्याउ“दै चुस्त व्यवस्थापन बाट मात्रै  राम्रो गर्न सकिने कुरा बताएका थिए ।

विद्यालका डाइनामिक प्रिन्सिपल हिम ब. पौडेल क्षेत्रीले विद्यालयले समयानुकुल शैक्षिक गतिविधिले परिवर्तन गर्दै गएको कुरा बताउ“दै अभिभावकलाई आफ्नो छोराछोरीको सम्पूर्ण गतिविधिहरुको जानकारी गराउने हेतुका साथ विद्यालयले आजै बाट ध्भदकष्तभ ९जततउस्ररजयmभ।बमबचकजबmबखष्उबचदबत।अयm० र  क्ःक् सिष्टमको विधिवतरुपमा आजै बाट सुरु गरेका कुरा बताएका थिए । विद्यालयले विभिन्न गतिविधिमा संलग्न भई आफूलाई चिनाउन सफल भएको कुरा स्मरण गराउ“दै यसै वर्ष आई. एस. ए. अवार्ड प्राप्त गर्नु, राष्ट्रिय सेवा दलमा तिन वटा विकास क्षेत्रमा वेष्ट पलाटुन बन्ने, अमेरिकन कर्नरको धौलागिरी हब सेन्टरको रुपमा आफ्नो विद्यालय चुनिनु सम्पूर्ण विद्यालस“ग सम्बन्धित व्यक्तिहरुको खुशिको कुरा भएको बताएका थिए । प्रिन्सिपल हिम ब. पौडेल क्षेत्रील  विद्यालयको आय व्यय तथा प्रगति विवरण प्रस्तुत गर्दै यस वर्षको जम्मा आम्दानी एक करोड,सत्र लाख, बत्तीस हजार, सात सय अठसठ्ठी (१,१७, ३२,७६८) भएको र खर्च एक करोड एघार लाख, अठसठठी हजार आठ सय पचासी रुपैया छयासी पैसा (१,११,६८,८८५.८६), राजस्व भुक्तानी (शिक्षा सेवा कर, टि. डि. एस. शिक्षक कर्मचारी आयकर,विद्यालय आयकर,सामाजिक सुरक्षा कर) तिन लाख, अठचालिस हजार, तिन सय अठसठठी रुपैया अठासी पैसा (३,४८,३६८.८८) भएको कुरा बताएका थिए । विद्यालयमा हाल ६५० विद्यार्थीहरले अध्धयन गरीरहेका, अनुभवि तथा तालिम प्राप्त २६ जना शिक्षक, ८ जना कर्मचारी तथा ११ जना सञ्चालक समितिको व्यवस्थापन भई रहेको बताउ“दै विद्यालयको स्थापना काल देखि तथा दीर्घ सेवारत शिक्षक कर्मचारीको बाहुल्यताका कारणले शैक्षिक गुणस्तरमा टेवा पुगेको कुरा बताए । साथै सुविधा सम्पन्न आवासको समेत व्यवस्था भएको जानकारी गराउ“दै हाल ५५ जना विद्यार्थीहरु आवासमा रही आफ्नो अध्ययनलाई अगाडि बढाइरहेको कुरा बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पाठ्यक्रम विकास केन्द्रका विज्ञान विषय विशेषज्ञ एवं लेखक चिन्तामणि पन्थीले आदर्श ध्भदकष्तभ र क्ःक् सिष्टमको विधिवत सुरुवात गर्दै विद्यालले मोफलसलमा रहेर पनि आफूलाई समयानुकुल परिवर्तन गर्दै सूचना र प्रविधिको क्षेत्रमा समेत अग्रता कायम गरेको कुरा उल्लेख गरेका थिए । मनोविद् रमेश पराजुलीले स्कुललिङ्ग भनेको अध्ययन मात्र नभएर विद्यार्थीका सम्पूर्ण क्रियाकलापहरुलाई परिवर्तन गराउनु  हो भन्ने कुरा बताउ“दै यस विद्यालयमा पनि आफूले यस्तै वातावरण पाएको कुरा बताएका थिए । विभिन्न ठाउ“मा उत्प्रेरणा कार्यक्रम गर्नु भएका पराजुलीले अभिभावकलाई आफ्नो छोरा छोरीहरुलाई श्रवण्ँ कुमार , सिता , राम बनाउनको लागि आफू पनि जनक र दशरथ जस्तो बुवा आमा बन्नु पर्ने कुरा बताएका थिए । छोराछोरीका हरेक सकारात्मक कुरालाई हौसला दिर्दै नकारात्मक कार्यहरुलाई हटाउ“दै जानुपर्ने, उनीहरुका भावनालाई  बुझ्नु पर्ने  तथा उनीहरुका सकारात्मक कार्यमा सहभागि भएमा मात्र एउटा असल अभिभवाकको रुपमा आफूलाई स्थापित गराउन सकिने कुरा बताएका थिए ।

जिल्ला शिक्षा कार्यालय पर्वतका विद्यालय निरीक्षक झलक आचार्य, शिवालय स्रोत केन्द्रका स्रोत व्यक्ति नारायण शर्मा, प्याब्सन नेपालका केन्द्रिय सदस्य तथा गुरुकुल एकेडेमीका प्रिन्सिपल केशवराज पुरी, प्याव्सन नेपालका पूर्व केन्द्रिय सदस्य तथा नमूना उच्च आवासिय मा. वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्मा, प्याव्सन पर्वतका वरिष्ठ उपाध्यक्ष तथा कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कुमार कर्माचार्य मनोविद् शिव पौडेल, प्याव्सन पर्वतका सचिव तथा राष्ट्रिय बाल शिक्षा सदनका प्रिन्सिपल रामकृष्ण रेग्मी, नमूना आवासिय उच्च मा. वि.का प्राचार्य इन्द्रमान खत्री, जिल्ला रेडक्रस सोसाइटीका सभापति रुद्र बहादुर रिमाल, पर्वत उद्योग वाणिज्य संघ, पर्वतका अध्यक्ष हरि ओम शर्मा लामिछाने, पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा कालीगण्डकी दैनिकका व्यवस्थापक केदार शर्मा, बाल मन्दिर प्रा. वि.का प्राध्यानाध्यापक लोक बहादुर राना, राष्ट्रिय तेवान्दो महासंघका क्षेत्रीय अध्यक्ष मदन गुरुङ, रोटरीका प्रस्तावित अध्यक्ष देवी पौडेल, कुश्मा खानेपानी तथा सरसफाई संस्थाका नि. अध्यक्ष कमलनाथ पोख्रेल, प्रेस चौतारी, पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, कालीगण्डकी टेलिभिजन पत्रकार हरिनारायण रेग्मी, कालीगण्डकी टेलिभिजन संवाददाता महेन्द्र जि. सि. को गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विधामा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन भएका थिए । कार्यक्रमको विचविचमा नृत्यहरुले कार्यक्रमलाई अझै रोमान्टिक तुल्याएको थियो । कक्षा ७ का बहिनीहरुको ‘आदर्श मा.वि.लाई भुल्नु हुदैन भन्ने गीत’ ले सम्पूर्ण कार्यक्रमको माहोलनै तताएको थियो । विभिन्न विधामा ५०० जना भन्दा बढि विद्यार्थीहरुले पुरस्कार ग्रहण गरेका थिए । ग्रेडिङ सिस्टमको पहिलो वर्षमा सहभागि विद्यार्थीहरुलाई शुभकामना प्रदान गरिएको थियो भने उनीहरुले सम्पूर्ण विषय शिक्षकहरु, प्रिन्सिपल तथा विद्यालय परिवारलाई मायाको चिनो प्रदान गरेका थिए । कक्षा १० को छात्रा वर्षा के. सी. ले सम्पूर्ण शिक्षक, विद्यालय  र परिवारको  मार्गनिर्देशन उत्प्रेरणा माया ममताले आफूहरु यस स्थानमा आउन सफल भएका र आगामि दिनमा अझै राम्रो गरि विद्यालय र आफ्नो अभिभावकको आकांक्षालाई पूरा गर्ने कुरा बताएकी थिइन् ।

विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष तथा नारायण उच्च मा. वि.का प्राचार्य पृथ्वी नारायण शर्माले हरेक विद्यालयहरुले शिक्षक, अभिभावक र विद्यार्थीहरुले त्रिकोणात्मक सम्बन्धले मात्र विद्यालयको शैक्षिक स्तर सुधार गर्न सकिने कुरा बताएका थिए । ४०० जना भन्दा बढी अभिभावक तथा अन्य शुभेच्छुकहरुको गरीमामय उपस्थितिले कार्यक्रमलाई अत्यन्तै  उल्लाषमयपूर्ण बनाएको थियो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद सापकोटा, मिन ब. थापा र नारायण पौडेलले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!