२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गण्डकी ट्रेक्टर व्यवसायी समितिमा गिरी

३ चैत्र २०७२, बुधबार ०९:०६

चैत्र ३, पोखरा । गण्डकी ट्रेक्टर व्यवसायी समितिको अध्यक्षमा भरत गिरी निर्वाचित भएका छन् । समितिको १४औं साधारणसभा तथा सातौं अधिवेशनले गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिग्देल, उपाध्यक्षमा प्रेमबहादुर थापा, सचिवमा डम्बरराज ढकाल, कोषाध्यक्षमा लक्ष्मण बास्तोला, सहसचिवमा नारायणप्रसाद कोइराला चयन भएका छन् ।giri
समितिका सदस्यहरुमा उदयबहादुर थापा, अर्जुनकुमार श्रेष्ठ, गंगाबहादुर केसी, रमेश केसी, विश्वराज तिवारी, अर्जुन पंगेनी र निर्मलराज पौडेल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष पदमबहादुर केसी पदेन सदस्य रहने व्यवस्था छ । दुर्घटना उपसमिति सदस्यहरुमा नविनप्रसाद बास्तोला, रवि बराल, शिरोधर पौडेल, कमलबहादुर थापा चयन भए । अनुगमन उपसमितिमा कृष्णप्रसाद सुवेदी, वसन्तराज आचार्य, विन्दुचन्द्र बराल, दिनेश कुँवर चयन भएको कार्यालय प्रमुख चन्द्रमणि गौतमले जानकारी दिए ।

समितिको अध्यक्षमा निर्वाचित भएका गिरीले सबै व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘व्यावसायिक हकहितका लागि म सधैं खटिनेछु,’ उनले भने, ‘मेरो कार्यकाल सफल बनाउनका लागि सबैबाट सहयोग पाउने विश्वास गरेको छु ।

gandaki
यसैबीच, साधारणसभा तथा अधिवेशनकै अवसरमा पोखरा–१४ चाउथेस्थित रातोमाटे डाँडामा रहेको समितिका भवनको उद्घाटन गरिएको छ । संस्थापक अध्यक्ष चन्द्रकान्त बरालले भवन तथा कार्यक्रमको उद्घाटन गरेका हुन् । अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । उक्त अवसरमा प्रमुख अतिथि बराल, यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख भरत पौडेल, वरिष्ठ सल्लाहकार गोकर्ण कार्की लगायतले बोलेका थिए ।

संस्थाको भवन निर्माण कार्यमा सहयोग पु¥याउने सहयोगदाताहरुलाई कार्यक्रमको उद्घाटनका अवसरमा सम्मान गरिको छ । कुशल चालक, निजी र सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने समितिमा आवद्ध सदस्यहरुका छोराछोरी मध्येबाट एक÷एक जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

न्यु होल्याण्ड ट्रेक्टरको आधिकारिक बिक्रेता डि एण्ड बी ट्रेडर्स बुद्धचोकको मुख्य प्रायोजनमा कार्यक्रम भएको हो । कार्यक्रमलाई एनएलजी इन्सुरेन्स, बतास ब्रदर्श, गोयल ट्रेडर्स, स्वरुप टायर रिसोलिङ सेन्टर, मेट्रो डेपलपमेन्ट बैंक लगायतले प्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द