१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कटुवाचौपारीमा रेडक्रसको २९ औ जिल्लासभा

३ चैत्र २०७२, बुधबार १०:४८

पर्वत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको २९ औ जिल्ला सभा कटुवाचौपारीमा सम्पन्न भएको छ । “आत्मा साक्षी राखी भन बचन र कर्मले सेवा गरौ” भन्ने मुल चारका साथ मानवीय साहेत सेवा प्रदान गर्दै आएको सोसाइटीले कटुवाचौपारीमा आफ्नो २९ औं जिल्ला  सभा सम्पन्न गरेको हो ।  नेरेसका केन्द्रिय उप–महामन्त्री हरिप्रसाद न्यौपानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिल्लामा पछिल्लो समयमा रेडक्रसले गरेको कार्य प्रशंसा योग्य भएको टिप्पणी गरे ।

रिमालको नेतृत्वले जिल्लामा विगतका बर्षमा भन्दा यो बर्ष धेरै काम र उपलब्धी हासिल गरेको उनको तर्क थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पनि रिमालको नेतृत्वको प्रशंसा गरे । रिमाल सभापतिमा चयन भएपछि जिल्लामा रेडक्रसका शाखा उपशाखाले पनि अघिल्ला बर्षहरुमा भन्दा राम्रो प्रगति गरेको बताए । नेरेस जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मन्त्री गोविन्द प्रसाद पराजुलीले गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने,  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्मा, तिलाधर सुवेदी नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगाएतले बोलेका थिए । उनीहरुले पनि जिल्लामा रेडक्रसले गरेको कार्य र भूकम्प जाँदा गरेको योगदानको चर्चा गरे ।

उक्त कार्यक्रममा जिल्ला शाखाको मातहतमा रहेका उपशाखा तथा जिल्लाको आयव्यय समेत प्रस्तुत गरीएको थियो । उक्त सभाले जिल्लाको आ.व ०७१÷७२ को बास्तविक आयव्यय, ०७२÷७३ को माघसम्मको आयव्यय र ०७३÷७४ को अनुमानित आयव्यय समेत प्रस्तुत गरेको थियो । जसअन्तरगत आव ०७१÷७२मा  आय ७ लाख ५२ हजार ४ सय ९६ र व्ययमा ५ लाख ९३ हजार ६ सय ८४ रहेको उल्लेख गरिएको छ जसअन्तरगत एम्बुलेन्स तर्फ आयमा १० लाख ७२ हजार ६ सय ५४ र खर्चमा ४३ हजार ३ सय ५ रहेको देखाइएको छ । त्यसैगरी आ.व ०७२÷७३ को माघको २० लाख २ हजार ४ सय ७३ र खर्चमा २० लाख ९ हजार ७ सय ९९ देखाइएको छ भने एम्बुलेन्स तर्फ १७ लाख खर्च र आम्दानी रहेको देखाइएको छ । ०७३÷७४ को लागि उक्त सभाले ७६ लाख ७१ हजार आयव्ययको प्रस्ताब गरेको छ भने एम्बुलेन्स खर्चतर्फ १९ लाख अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु