<p>फागुन २०, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ । <br></p><p>वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताउनुभयो । कामी कृष्णपुर– ४ का बासिन्दा हुन् । </p><p>काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ । “काठ काट्ने कार्यमा संलग्न अन्य छजना वन कार्यालयको टोली देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका छौँ”, कार्यालय प्रमुख पण्डितले भन्नुभयो, “काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ ।” रासस</p>
काठसहित तस्करीमा संलग्न पक्राउ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

