पढ्न करिब 1 मिनेट लाग्छ

भाष्कर के.सी | फाल्गुन २०, कञ्चनपुर | फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

महाशिवरात्रीको अवसरमा देश भरिका शिव मन्दिरहरुमा भक्तजनको घुईचो बढेको छ भने कञ्चनपुरको सबैभन्दा पुरानो मन्दिर शिवधाममा पनि भगवान शिवको दर्शन गर्ने भक्तालुहरुको घुइचो बढदै गएको छ ।

त्यससँगै विभिन्न प्रकारका बच्चाका खेलौना, फलफुल, साथै मिष्ठानका पसलहरुले झन मन्दिरको सोभा बढाएको छ ।

विहानै ४ बजे देखिनै भक्तलुजनको जाने आउने क्रम चलेको छ भने एकथरीका भक्तालुहरुले ओम नमो शिवायः भन्दै भजन गाएर बसेका छन ।

साथै कञ्चनपुरमा चलिरहेको प्रदेश स्तरीय पर्यटन तथा अद्यौगिक मेला चलिरहेको हुनाले पनि कञ्चनपुरको रौनक बढनुका साथै चहलपहल बढेको छ । मेलामा कुनै अप्रिय घटना नहोस भनेर सादा पोशाक र वर्दीमा प्रहरी खटिएका छन् ।

सोमबार विहान देखि मंलगबार विहान सम्म शिवधाम मन्दिरमा भजन किर्तन गर्ने भक्तालुहरु रहने छन् ।