2026-09-14 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बोटबाटै २२ लाखको सुन्तला बिक्री

फागुन २०, वालिङ | स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । 

मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका झण्डै ९०० बोटमा फल लागेको उहाँले जानकारी दिनुभयो । गत शुक्रबार मात्रै बोटबाट सुन्तला बिक्री गरेर सक्नुभएका भण्डारीले सुन्तला बगैँचाबाटै रु ४० देखि ९० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको बताउनुभयो । 

“ प्रायःजसो अन्यत्र सुन्तला बिक्री गरेर सकिएपछि मात्रै म सुन्तला बिक्री गर्न शुरु गर्छु,” सुन्तला व्यवसायी भण्डारीले भन्नुभयो, “पहिला बिक्री गर्दा बजार मूल्य सस्तो हुने भएकाले मैले प्रत्येक वर्ष ढिलो सुन्तला बिक्री गर्ने गरेको छु ।” भण्डारीले सुन्तला बिक्रीबाट दुई वर्षअगाडि २२ लाख आम्दानी गर्नुभएको थियो । गत वर्ष भने १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको जानकारी दिनुभयो । स्याङजा जिल्लामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुने गर्छ । यहाँको सुन्तला विभिन्न जिल्लामा समेत क्रिी हुँदै आएको छ । यस क्षेत्रका गोर्खा, तनहुँ, स्याङजा लगायतका जिल्लाका सुन्तला उपभोक्ताले नीकै रुचाउने गर्छन् । 

“बुबाले ४५ वर्षअघि देखि थाल्नुभएको सुन्तला खेतीलाई हामीले थप गरी व्यावसायिकरुपमा अगाडि बढायौँ,” सुन्तला व्यवसायी भण्डारीले भन्नुभयो, “अहिले हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।”स्थानीय बजारमा मात्रै सुन्तला खपत नहुने भएकाले बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि सुन्तला व्यापारीहरु सुन्तला खरीदका लागि यहाँ आउने गर्छन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ