2026-09-13 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

फागुन २०, रोल्पा | अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । 

उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि केही समयअघि चार दिनका लागि विद्यालयको पठनपाठन समेत बन्द गरिएको थियो । शुरुमा यस्तो समस्या कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार, पाँचजनामा यस्तो समस्या देखिएपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीबाट तनाव व्यवस्थापन सम्बन्धी कक्षा सञ्चालन गरेको थियो । 

“उक्त कक्षा सञ्चालन पश्चात पनि विद्यार्थीमा सो समस्या हल हुनुका साटो वृद्धि भई दैनिक १५÷२० जना विद्यार्थी बिरामी पर्न थालेसँगै केही दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्न बाध्य भयौं” विद्यालयका प्रधानाध्यापक लीला आचार्यले भन्नुभयो । 

स्वास्थ्यकर्मीको परामर्शबाट निको नभएपछि अभिभावकले विद्यार्थीलार्य झारफूक गर्न लगाउनुभयो, प्रधानाध्यापक आचार्यले भन्नुभयो, “विद्यालय नजिकै रहेको रिमूल भन्ने स्थानमा अभिभावकले बिरामी जम्मा गरेर झारफूक गरे पनि बिरामी अझै निको भएका छैनन् ।” 

लामो समयसम्म विद्यार्थी बिरामी पर्दा समग्र विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको प्रधानाध्यापक आचार्यको भनाइ छ । नगरस्तरीय अन्तिम परीक्षा नजिकिँदै गर्दासमेत समस्या समाधान भएको छैन उहाँले भन्नुभयो, “मनोचिकित्सकबाट परामर्श गरे समस्या हल हुने आफूले आशा गरे पनि त्यसका लागि स्रोत जुटाउन धौधौ परिरहेको छ ।” 

विद्यार्थी बिरामी परेको खबर सुन्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको एकटोली विद्यालयमा पठाएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । 

स्वास्थ्यकर्मीलाई नियमित विद्यालय गएर परामर्श गर्न भनेका छौ प्रमुख केसीले भन्नुभयो, “बिरामी निको नभए विज्ञ मनोचिकित्सक झिकाएर परामर्श गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरिसकेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो अवस्थाबारे वडा कार्यालयले अद्यावधिक गराएपछि अवस्था हेरेर मनोचिकित्सक झिकाउने योजनामा छौ ।” 

“विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भन्नुभयो, “तनाव व्यवस्थापनका जानकार समेत रहनुभएका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरुमा सर्दैन ।” “एक जनाको समस्या देखेपछि अरु पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “धेरै जना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ ।” 

धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई मास हिस्टेरिया भनिन्छ, स्वास्थ्यकर्मी डाँगीले भन्नुभयो । यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओत लगायतका विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले