२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

खानेपानीको मुहान पुरिँदा समस्या

२०७५, २० फाल्गुन सोमबार १०:५४

फागुन २०, पाल्पा | डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् । 

उक्त गाउँपालिकाको वडा नं. २, वडाबाट वडा नं. ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक विस्तारका क्रममा डोजरले माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुरिएकाले समस्या भएको स्थानीयवासी नुरबहादुर बुढाथोकीको गुनासो थियो । अर्कास्थानीयवासी गोविन्द भण्डारीका अनुसार मुहान पुरिँदा मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको समस्या भएको छ । सडक विस्तारका क्रममा खानेपानीका मुहान पुरिएपछि पानीको समस्या चर्केको बताउनुभयो । 

जथाभावी माटो र ढुङ्गा फाल्दा वातावरणमा पनि ठूलो असर परेको उहाँको भनाइ थियो । वर्षाका बेला फालिएको माटो बग्दा पहिरोसमेत जानसक्ने आशङकाले स्थानीयवासी चिन्तित छन् । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले बाटोे विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको छलफलबाट समाधान गर्न सकिने बताउनुभयो । 

स्वास्थ्य एकाइबाट फिजियोथेरापी सेवा 

तानसेन नगरपालिका–१४, अर्गलीमा पहिलो पटक फिजियोथेरापी उपकरण सञ्चालनमा ल्याएको छ ।अर्गली स्वास्थ्य एकाईले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रू पाँच लाखको सहयोगमा ल्याइएका दुई थान उपकरणमध्ये एउटा स्वचालित छ भने अर्को ‘म्यानुअल’ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु