संगठनात्मक विस्तार बढाउँदै रेडक्रस

Posted on: 17 Mar, 2016
पर्वत, मानविय सायताका क्षेत्रमा सेवा दिदै आएका नेपाल रेडक्रस सोसाइटीले आफ्नो संगठनलाई विस्तार गर्दै अगाडी बढिरहेको छ । जिल्लामा १७ उपशाखाबाट आफ्नो सेवा प्रवाह गर्र्दै आएको रेडक्रसले नगरपालिकामा समेत शाखा विस्तार गरी अहिले १८ वटा उपशाखाबाट आफ्नो सेवा प्रवाह गरेको छ । आ.व ०७१÷७२ मा ६८ जना नयाँ आजिवन सदस्य थपेको सोसाइटीले आ.व ०७२÷७३ को माघ मसान्त सम्ममा १ सय ३१ जना आजिवन सदस्य बनाउन सफल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमाल बताउँछन् । आ.व ०७१÷७२ मा महिला १ सय ७६ र पुरुष १ हजार ४ सय २९ गरी कुल १ हजार ६ सय ५ जना आजीवन सदस्य रहेको यस सोसाइटीमा जुनियर सदस्य तर्फ महिला २ हजार ३ सय २ र पुरुष ७ हजार १ सय ८ गरी ९ हजार ४ सय १० पु¥याएको थियो भने युवा रेडक्रस सदस्य तर्फ महिला ६ सय ९९, पुरुष १ हजार ५ सय ६० गरी २ हजार २ सय ५१ जना बनाएको थियो । भने राहत वितणमा पनि उल्लेखीनीय कार्य गरेको तथ्याङले देखाएको छ । जसमा ३ सय ८० जनाले रेडक्रसबाट राहत समेत पाए भने १ सय ७९ जनाले एम्बुलेन्स सेवा समेत पाएको सभापति रिमालले जानकारी दिए । आ.व ०७२÷७३को लागि विभिन्न क्षेत्रको लागि भावी कार्यक्रम समेत सार्वजानिक गरेको छ । जसमा नेतृत्व विकास गर्ने तालिम देखि लिएर रक्तदान, कण्डम दिवस तथा वितरण, भूकम्प दिवस, सदस्यता विस्तार समेत रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!