२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

२२ फाल्गुन २०७५, बुधबार ०५:४२

फागुन २२, रुपन्देही (रासस) | “मौका मिल्दा गीत गाउन झरौं है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत” भनेर जवाफ दिइन् । 

पुरानो लोकभाका “फूलमा भमरा, सानु हितैको मायालाई भुल्ने नगर” भन्ने भाकामा दोहोरी गीत शुरु गरेका उनीहरुले लोकसंस्कृतिको संरक्षणमा लागौँ भन्ने चेतना दिए । 

दोहोरी प्रतियोगिताकै लागि जाजरकोटबाट बुटवल आएका गायक गोविन्द न्यौपाने र स्याङ्जाका राजु केसी साथी बनेर दोहोरी गाए । “तिमी गाउनी म पनि गाउनी, भन हाम्ले रोजगारी के पाउनी” दोहोरीमा वेरोजगारीको प्रसङ्ग जोडेर उनीहरुले पनि चेतनामूलक गीत गाए । 

दोहोरी प्रतियोगिताका लागि पाल्पाबाट आएका गायक राजकुमार न्यौपाने र दाङका विजय भट्टराईले पनि पुरानो लोकदोहोरी भाका लिएर प्रस्पिर्धामा उत्रिए । “दोहोरी गाउन सारै मन पराउँछु, कृषक हुँ म गाईबाख्रा चराउँछु” भनी राजकुमारले दोहोरी गाउँदै गर्दा दर्शकले गाउँघरका वनपाखामा गाउने दोहोरीको सम्झना गरे । उनीहरुले “छिनको छिनैमा, भेटभो माया के भनी बोलाऊँ म पहिलो दिनैमा” भन्ने पुरानो भाका गाएर दर्शकलाई मनोरञ्जन दिलाए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बुटवलमा आयोजना गरेको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवमा पहिलोपटक पुरुष÷पुरुष र महिला÷महिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था मिलाइएको छ । 

यही मौकामा कलाकारले माया पिरतीभन्दा पनि फरक प्रसङ्गमा गीत गाएर दर्शकलाई नचाए । सम्धी–सम्धी, साथी–साथीमात्रै होइन ज्वाइँ र जेठानको भूमिकामा पनि कलाकारले दोहोरी गाएर दर्शकलाई नयाँ स्वाद दिलाए । 

महोत्सवमा दर्शकलाई दोहोरी गीतको फरक स्वाद चखाउन पहिलोपटक पुरुष÷महिला, पुरुष÷पुरुष र महिला÷महिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनीले बताउनुभयो । 

देशभरका कलाकारको जमघट रहेको महोत्सवमा लोक तथा दोहोरी गायक पशुपति शर्मा, शिव हमाल, पूर्णकला बिसीलगायतका कलाकारले दर्शकलाई नचाएका थिए । बुटवलको बुटवलमण्डपमा आयोजित महोत्सवमा आठ समूहले दोहोरी प्रतियोगितामा भाग लिएको दोहोरी गीत प्रतियोगिता उपसमितिका सदस्य दामोदर बस्यालले जानकारी दिनुभयो । महोत्सव २५ गतेसम्म चल्ने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु