२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

२०७५, २२ फाल्गुन बुधबार ०५:४२

फागुन २२, रुपन्देही (रासस) | “मौका मिल्दा गीत गाउन झरौं है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत” भनेर जवाफ दिइन् । 

पुरानो लोकभाका “फूलमा भमरा, सानु हितैको मायालाई भुल्ने नगर” भन्ने भाकामा दोहोरी गीत शुरु गरेका उनीहरुले लोकसंस्कृतिको संरक्षणमा लागौँ भन्ने चेतना दिए । 

दोहोरी प्रतियोगिताकै लागि जाजरकोटबाट बुटवल आएका गायक गोविन्द न्यौपाने र स्याङ्जाका राजु केसी साथी बनेर दोहोरी गाए । “तिमी गाउनी म पनि गाउनी, भन हाम्ले रोजगारी के पाउनी” दोहोरीमा वेरोजगारीको प्रसङ्ग जोडेर उनीहरुले पनि चेतनामूलक गीत गाए । 

दोहोरी प्रतियोगिताका लागि पाल्पाबाट आएका गायक राजकुमार न्यौपाने र दाङका विजय भट्टराईले पनि पुरानो लोकदोहोरी भाका लिएर प्रस्पिर्धामा उत्रिए । “दोहोरी गाउन सारै मन पराउँछु, कृषक हुँ म गाईबाख्रा चराउँछु” भनी राजकुमारले दोहोरी गाउँदै गर्दा दर्शकले गाउँघरका वनपाखामा गाउने दोहोरीको सम्झना गरे । उनीहरुले “छिनको छिनैमा, भेटभो माया के भनी बोलाऊँ म पहिलो दिनैमा” भन्ने पुरानो भाका गाएर दर्शकलाई मनोरञ्जन दिलाए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बुटवलमा आयोजना गरेको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवमा पहिलोपटक पुरुष÷पुरुष र महिला÷महिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था मिलाइएको छ । 

यही मौकामा कलाकारले माया पिरतीभन्दा पनि फरक प्रसङ्गमा गीत गाएर दर्शकलाई नचाए । सम्धी–सम्धी, साथी–साथीमात्रै होइन ज्वाइँ र जेठानको भूमिकामा पनि कलाकारले दोहोरी गाएर दर्शकलाई नयाँ स्वाद दिलाए । 

महोत्सवमा दर्शकलाई दोहोरी गीतको फरक स्वाद चखाउन पहिलोपटक पुरुष÷महिला, पुरुष÷पुरुष र महिला÷महिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनीले बताउनुभयो । 

देशभरका कलाकारको जमघट रहेको महोत्सवमा लोक तथा दोहोरी गायक पशुपति शर्मा, शिव हमाल, पूर्णकला बिसीलगायतका कलाकारले दर्शकलाई नचाएका थिए । बुटवलको बुटवलमण्डपमा आयोजित महोत्सवमा आठ समूहले दोहोरी प्रतियोगितामा भाग लिएको दोहोरी गीत प्रतियोगिता उपसमितिका सदस्य दामोदर बस्यालले जानकारी दिनुभयो । महोत्सव २५ गतेसम्म चल्ने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा