By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    16 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    17 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    21 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अक्षयकोषका लागि पाँच लाख सहयोग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > म्याग्दी - MGD > अक्षयकोषका लागि पाँच लाख सहयोग
म्याग्दी - MGDसमाज

अक्षयकोषका लागि पाँच लाख सहयोग

साझासवाल
Last updated: March 6, 2019 5:43 am
साझासवाल
4 Min Read
Share

ध्रुबसागर शर्मा | फागुन २२, गलेश्वर (रासस) | म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि एक व्यक्तिले रु पाँच लाख सहयोग गर्नुभएको छ । 

Contents
  • क्यान्सरपीडित रोकालाई साढे दुई लाख सहयोग 
  • महाशिवरात्रिमा तीन लाख बढी भेटी 

विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका बरङ्जा घर भई हाल हङकङमा बस्दै आउनुभएका हर्कमान घर्तीले कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरलाई उक्त सहयोग गर्नुभएको हो । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र अर्थाभावका कारण औषधि उपचारबाट बञ्चित १०१ म्याग्देलीलाई रु एक करोड ८२ लाख सहयोग जुटाएको छ । ओमकुमारी शान्तिकोष चार वर्षअघि स्थापना भएको हो । 

कोषले मुटु, मिर्गौला, क्यान्सरलगायत जटिल रोगबाट थलिएका म्याग्देलीलाई सघाउन रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ । कोषको ब्याजबाट बिरामीको उपचारमा सहयोग गर्ने संस्थाको योजना छ । 

क्यान्सरपीडित रोकालाई साढे दुई लाख सहयोग 

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी, रातोढुङ्गाका वोन क्यान्सरपीडित १७ वर्षीय गजिन रोकामगरलाई युकेमा कार्यरत नेपालीले रु दुई लाख बढी आर्थिक सहयोग गरेका छन् । 

एक वर्षदेखि वोन क्यान्सरबाट पीडित रोकामगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोकामगरको संयोजकत्वमा त्यहाँ कार्यरत नेपालीबाट सङ्कलित रु दुई लाख ४६ हजार ८५२ सहयोग गरेका हुन् । 

मङ्गलबार सहयोग सङ्कलन अभियान संयोजक एवं समाजसेवी दलबहादुर रोकामगरले एक कार्यक्रमबीच स्थानीय युवा क्लब, आमा समूह तथा विभिन्न सरोकारवालको उपस्थितिमा पीडित रोकामगरको बुबा खगेन्द्र रोकामगर र आमा मनकुमारी रोका मगरलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै संयोजक रोकामगरले अकल्पनीय रोगसँगै चरम अर्थाभाव झेल्दै आएका परिवारमा परेको ऋणभारलाई कम गर्न सहयोग गरिएको बताउनुभयो । 

रोका मगरका बुबा खगेन्द्रले विदेशमा आफ्नो पसिना बगाएर कमाएको पैसा आफूहरुलाई सहयोग गरेकामा धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । 

पीडित रोकामगरको वोन क्यान्सरका कारण देब्रे हात काटिएको छ । निम्न आर्थिक अवस्था रहेको रोका परिवारलाई उपचारको क्रममा ठूलो ऋण लागेको पीडित बुबा खगेन्द्रले बताउनुभयो । पीडित रोकामगर दरबाङमा रहेको जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत छन् । 

महाशिवरात्रिमा तीन लाख बढी भेटी 

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एकैदिन रु तीन लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रिको अवसरमा मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट रु तीन लाख १४ हजार २५० भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । 

भेटीको दुरुपयोग हुन नदिन नियमित रूपमा भेटी सार्वजनिक गर्ने गरिएको छ । शिवरात्री, बालाचर्तुदशी, साउन महीनाका हरेक सोमबारलगायतका पर्वको दुई दिनभित्र भेटी सार्वजनिक गर्ने गरिन्छ । गत वर्षको शिवरात्रिमा रु दुई लाख ६६ हजार १८८ भेटी सङ्कलन भएको थियो । 

गलेश्वरमा महाशिवरात्रिमा करीब ५० हजार भक्तजनले दर्शन गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । गलेश्वरमा शिवरात्रिमा दर्शन गर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलवस्तुलगायत जिल्लाबाट भक्तजन आएका थिए । 

मन्दिरमा सङ्कलन भएको भेटी संस्कृत पाठशाला सञ्चालन, ज्येष्ठ नागरिक आश्रमलगायत धार्मिक, सामाजिक र भौतिक निर्माणका क्षेत्रमा खर्च गर्ने गरिन्छ । कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बुटवलमा लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता
Next Article दुर्गम गाउँको स्वास्थ्यचौकीमा सुविधासम्पन्न भवन निर्माण, मालिका जोड्ने सडक निर्माण शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

57 years ago
चितवन - CTWसमाज

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

57 years ago
महोत्तरी - MHTसमाज

झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा बिद्धुत झट्काले युवकको मृत्यु

57 years ago
समाज

अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन: शुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?