२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सूचना टाँसेर बैठक स्थगित

२२ फाल्गुन २०७५, बुधबार ०९:२१

फागुन २२, पोखरा | गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । 

प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्नुका साथै उक्त दुर्घटनामा ज्यान गुमाएका व्यक्ति र पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थगित भएको थियो । 

यसअघि प्रदेशसभालाई विधेयक दिन आज बिहान विधायन समितिको बैठक पनि राखिएको थियो । विधायन समितिमा ताल प्राधिकरणसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न प्रतिवेदन तयार पार्ने विषयमा छलफल गरिएको विधायन समितिका सदस्य विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार विधेयकमा ताल प्राधिकरणको उपाध्यक्ष पोखरा महानगरपालिकाको प्रमुख हुने व्यवस्था प्रस्ताव गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट पोखरा महानगरपालिकाकै प्रमुख नभई स्थानीय निकायका प्रमुखमध्येबाट हुनुपर्ने व्यवस्था गर्ने मत अघि सारिएको थियो । 

विधेयक सम्बन्धमा छलफल नपुगेको र नयाँ विधेयकको पनि प्रदेशसभामा पेश गर्ने समयावधि नपुगेका कारण आजको बैठक स्थगन गर्नुपरेको जनाइएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त बिजनेस दिन नसक्दा प्रदेशसभाको बैठकले अपेक्षित गति लिन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल