Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

हिलाम्य सडकले सास्ती

२०७५, २३ फाल्गुन बिहीबार ०४:४६

फागुन १२, बाजुरा (रासस) | बाजुरा सदरमुकाम मार्तडी बजारभित्रको हिलाम्य सडकका कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । निर्माण अवस्थामा रहेको सडकको काम समयमै पूरा नहुँदा हिलो थपिँदै गएको छ । लगातारजसो पानी पर्दा डोजरले निकालेको माटो भिजेर हिलाम्य बनेको हो । 

हिलाम्य सडकका कारण बजारवासीलाई व्यापार÷व्यवसाय गर्न मात्र असहज बनेको छैन, सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सास्ती भएको छ । “हिलाम्य सडककै कारण सदरमुकाम मार्तडी बजारको अवस्था नै लाजमर्दो देखिन थालेको छ”, सडक निर्माण भइरहेको बजार क्षेत्रभित्रको समस्या सुनाउनुभयो स्थानीय निर्मला विष्टले । फराकिलो सडक निर्माण गर्ने भनिए पनि काम समयमै सम्पन्न नहुँदा निर्मलाजस्तै हजारौँले दैनिकजसो समस्या भोग्नुपरेको छ । त्यही गुनासो छ, मालिका माविमा अध्ययनरत छात्रा रीता विकको । 

विद्यार्थीदेखि विक्रेतासम्म, बजारवासीदेखि कार्यालयका हाकिम सबैले हिलाम्य सडकमाथि नै वारपार गर्नुपरेको तीन महीना बढी भइसकेको छ । तर अवस्था सुधार हुनुको साटो थपिँदो छ । पुस मसान्तभित्र काम सक्ने गरी सक्झौता गरेको भनिए पनि फागुनसम्म काम नहुँदा सास्ती भोग्नुपरेको गौमुल गाउँपालिका–६ सटेडाका चन्दहादुर रोकायाको गुनासो छ । 

“मार्तडी, बाजुरा जिल्लाको सदरमुकाम अर्थात् जिल्लाको प्रमुख केन्द्र । राज्यका उपल्ला निकायदेखि सबै प्रकारका सरकारी संरचना रहने स्थान हो, सदरमुकाम । पढेलेखका प्रबुद्ध व्यक्ति, गण्यमान्य बस्ने ठाउँ पनि हो सदरमुकाम । तर सदरमुकामकै सडकको अवस्था हेर्दा दयनीय मात्र छैन्, लाजमर्दो छ” छिमेकी जिल्लाबाट व्यसायका लागि बाजुरा पुगेका देवेन्द्र ठकुल्लाले भन्नुभयो । 

मार्तडीको गौँडाडिलबाट प्रशासन कार्यालयसम्म र वन कार्यालयबाट जिल्ला स्वास्थ्य कार्यालयको गेटसम्म सडक विस्तारको काम हुँदैछ । बडिमालिका नगरपालिकाले काम गर्ने जिम्मा पीएस कन्स्ट्रक्सनलाई दिएको छ । तर कम्पनीले काममा गति दिएको छैन । 

कन्स्ट्रक्सनले हरेक बहानामा कामको मिति सारिरहेको आरोप सर्वसाधारणको छ । दुनी हाटबजारदेखि बसपार्कसम्मको सडक निर्माणले समेत गति नलिँदा थप सास्ती भोग्नुपरेको दुनी हाटबजार व्यवस्थापन समिति सचिव मदन रोकायाले बताउनुभयो । सडक निर्माणको जिम्मा लिएको कन्स्ट्रक्सनले काम ढिलाइ गरेको नभई मौसमले पनि साथ नदिएको बताएको छ । कन्स्ट्रक्सनले सडकको पर्खाल निर्माण गर्न मात्रै सहयोग गरेको र पर्खाल निर्माणकार्य केही ठाउँबाहेक सबै सकिएकाले यसमा अन्य कुनै जिम्मेवारी नभएको जनाएको छ । सडकको पर्खालबाहेक अन्य सबै निर्माणकार्य नगरपालिकाकै जिम्मा रहेको पीएस कन्ट्रक्सनका बाजुरा प्रतिनिधि प्रेम थापाले जानकारी दिनुभयो । 

तर सदरमुकाम मार्तडीमा भने सडक नबनेसम्म यी र यस्तै गुनासा सबैजसोबाट सधैँ सुनिरहनुपर्ने देखिन्छ । जिम्मा लिएको काम समयमै नगर्ने कम्पनी र कामका लागि वातावरण सिर्जना नगर्ने जग्गाधनी वा निकायलाई कानूनी प्रक्रियामा बाँधे मात्र निर्माणले गति लिने देखिन्छ । हाल निर्माण भइरहेको सदरमुकाम मार्तडीभित्रको माथिल्लो बीचबजारमा रहेको ३५४ मिटर र तुफानडाँडादेखि डिआरमस्ट होटलसम्म ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ