२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लागु औषधसम्बन्धी सचेतना जगाउँदै सकियो रोट¥याक्ट सप्ताह

२०७२, ६ चैत्र शनिबार ०५:४३

चैत ६, पर्वत । रोट्रयाक्ट क्लव अफ पर्वतले आफ्नो स्थापना दिवसको अबसरपारि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता जगाउँदै समापन गरेको छ । यहि फाल्गुन २९ गतेदेखि सुरु भएको रोट्रयाक्ट सप्ताहको अन्तिम दिन शुक्रबार शिवालय बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लागूपदार्थ दुव्र्यसनी सम्बन्धि चेतानमुलक कार्यक्रम दिईएको हो ।

कार्यक्रममा दुव्र्यसनमा फसेका युवायुवतीहरुलाई नयाँ दुव्र्यसनबाट छुटकारा दिलाउने संस्था नौलो घुम्ती नेपालका प्रशिक्षक र नयाँ जीवन पुर्नस्थापना केन्द्र बाग्लुङ्गकाका टिकासिंह पुनले पनि प्रशिक्षार्थीहरुलाई लागूपदार्थ बाट टाढै रहन सुझाव व्यक्त गर्दै प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले यस्ता दुव्र्यसनीका विरुद्ध कडा कानुन बनाई दुव्र्यसनीको कारोबारी गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए । प्रशिक्षार्थी विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय पर्वतको सहयोगमा लागूपदार्थ दुव्र्यसनीमा फस्ने तरिका, त्यसले पु¥याउने नकारात्मक असर र घरपरिवार तथा समाजको हेर्ने दृष्टिकोणको बारेमा सचेतनामुलक टेलिश्रृंखला समेत प्रस्तुत ग¥यो ।

कार्यक्रमकै अबसरमा स्वास्थ आमा समुह पातिचौर लाई स्टे«चर तथा बालमन्दिर प्राथमिक विद्यालयका दृष्टिबिहिन शिक्षिका शान्ति पौडेल र शिवालय उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने दृष्टिबिहिन शिक्षक हरिदत्त पौडेललाई बोल्ने घडी समेत वितरण गरिएको थियो । कार्यक्रमको समापन गोपाङघाटमा रहेको गुम्बामा रहेर शान्तिको कामना सहित समापन गरिएको थियो ।

क्लवका अध्यक्ष सन्तोषराज पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा क्ल्वका सचेतक गोविन्द रिजालले कार्यक्रमलाई समय निर्धारण गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव आरसी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर