२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस

२०७५, २३ फाल्गुन बिहीबार ०४:५९

फागुन २३, ललितपुर (रासस) | ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन् । हरेक वर्ष मार्च २ लाई अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसका रूपमा मनाउने गरिन्छ । 

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र औपचारिकरूपमा सुशासन परियोजनाको तर्फबाट पालिकालाई हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा सहभागीहरूलाई डाटापोर्टलमा समावेश भएको औजार प्रयोग गर्ने तरिका सिकाइएको थियो भने यसका फाइदा र महत्वका बारेमा अभिमुखीकरण प्रदान गरिएको थियो । लिभरपुल इन्टरनेशनल कलेज, काठमाडौँका विद्यार्थीको तर्फबाट स्थानीय सरकारले अभ्यासमा ल्याएका खुला तथ्याङ्क प्रयोग तथा प्रभावकारी सूचना तथा सेवा प्रवद्र्धनसम्बन्धी जागरण नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष सिंतानले गाउँपालिकाका नागरिकले पाउनुपर्ने सबै सूचना खुला गरिएको र सबै सूचना र सेवा खुला गर्नु धेरै महत्वपूर्ण भएको बताउनुभएको थियो । 

यसैगरी वागमती गाउँपालिकामा भएको कार्यक्रममा सूचना केन्द्रको उद्घाटन र डाटापोर्टलका औजार र सूचना केन्द्रको हस्तान्तरण, डाटापोर्टल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले नागरिकलाई सुसूचित गर्ने कार्यमा पालिका सदैव तत्पर रहने धारणा राख्दै महिला तथा सिमान्तकृत समुदायमा सूचनाको पहुँच विस्तारका लागि तथ्याङ्क पोर्टल र सूचना प्रविधि केन्द्र फलदायी हुने बताउनभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते