२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कानुन व्यवसायमा लोकप्रिय गुरुङ, न्याय क्षेत्रका विकृति हटाउन सक्दो काम गर्ने

२०७५, २३ फाल्गुन बिहीबार ०५:५७

कमल घिमिरे।फाल्गुन २३ ।पाँचथर, नेपाल बार एशोसिएसनको २५ औं महाधिवेशनमा आदिवासी जनजाति क्षेत्रबाट सदस्यको उम्मेदवार हुन कैलाश गुरुङ । पाँचथर फिदिम नगरपालिका ८, रानीटारका ४३ वर्षीय अधिवक्ता गुरुङ कानुन व्यवसायीमाझ मात्र हैनन् आदिवासी समुदायमासमेत लोकप्रिय मानिन्छन् । 

बारको आसन्न महाधिवेशनमा लोकतान्त्रिक समूहका उम्मेदवार गुरुङले काठमाण्डौमा रहेर वकालत गरेको १५ वर्ष भयो । काठमाण्डौ स्कुल अफ लुबाट एल.एल.एम. पूरा गरेका गुरुङले कानुनी क्षेत्रमा स्पष्ट र प्राज्ञिक हैसियत बनाएका छन् । सुरुमा हिमाल, पहाड र तराइकाआदिवासी जनजाति सम्मिलित कानुन व्यवसायीहरु मिली समावेशी ल फर्म सञ्चालन गरेका उनले पहाडमा रहेका आमाबुबाको नाममा अनामनगरमा पाँच वर्षयता चन्द्र ल केन्द्र चलाइरहेका छन् । 

गरिबी र अशिक्षाका कारण आदिवासी जनजातिहरुको न्यायमा कम पहूँच छ गुरुङ भन्छन्, "त्यसैले देशभरका आदिवासीको सहयोगको लागि आफूलाई यो व्यवसायमा केन्द्रीत गरेको छु ।" आफूकहाँ आउने नागरिकलाई उनी तत्काल रेस्पोन्स गर्छन् र सक्दो सहयोग गर्ने गरेको उनका सहकर्मी बताउँछन् ।


आदिवासी जनजाति समुदायले काठ्माण्डौमा गर्ने प्राय कार्यक्रममा उनी सामेल हुन्छन् । सानैदेखि अर्कालाई सहयोग गर्ने र तार्किक क्षमता राख्ने तीक्ष्ण बुध्दिका गुरुङ त्यही कारण अहिले व्यवसाय र समुदायमा लोकप्रिय बन्न सफल बनेको उनका सहपाठी केशव रिजालले बताए । 

चार भाइ र तीन बहिनीका जेठा दाजु कैलाश श्रीमती, एक छोरा र एक छोरीकासाथ सूर्यविनायक ५, भक्तपुरको आफ्नै निवासमा बसोबास गर्छन् । नेपाल प्रहरीमा छोटो अवधि जुनियर प्रहरी अधिकृतको रुपमा काम गरेर राजीनामा गरी वैदेशिक रोजगारीसमेत गरेका उनी पछिल्लो व्यवसायिक काममा अब्बल दरिएका छन् । गुरुङले बारमा विजयपछि वकालत पेशामा रहेका विकृति हटाउन सक्दो प्रयास गर्ने प्रण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते