२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

२३ फाल्गुन २०७५, बिहीबार ०६:२१

फागुन २३, लमही । नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नियुक्त गरेका कार्यपरिषद्का सदस्यलाई अनुमोदन नगरी टुङ्गिएको विश्वविद्यालयका प्रशासक डा हिमलाल पन्थीले बताउनुभयो । 

सभामा उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले कार्यकारी परिषद्मा नियुक्ति गरेका दुई जनाको नाम सभामा सिफारिश गरे पनि कोइरालाले नियुक्ति गरेका दुवैलाई सभाले अनुमोदन नगरेको उहाँले बताउनुभयो । “उपकुलपतिले सभामा दुई जनाको नाम सिफारिश गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “तर दुवैको नाम सभाले अनुमोदन गरेन ।” 

विश्वविद्यालय कार्यकारी परिषद् पाँच सदस्यीय हुन्छ । जसमा उपकुलपति (अध्यक्ष), कुलसचिव (सदस्यसचिव), शिक्षाध्यक्ष (सदस्य) हुने प्रावधान छ । त्यसबाहेक प्राचार्यको तर्फबाट एक र शिक्षकमध्येबाट एक गरी दुईलाई नियुक्ति गरी सभामा अनुमोदनका लागि सिफारिश गरिन्छ ।

कामकाज ठप्प 

कार्यकारी परिषद्ले पूर्णता नपाउँदा विश्वविद्यालयका गतिविधि ठप्प हुने गरेका छन् । विभिन्न परिस्थितिमा आपत्कालीन निर्णय गरेर काम गर्ने अधिकार, रु एक लाखभन्दा बढीका कारोवारहरु गर्नुपर्ने अवस्थामा कार्यकारी परिषद्ले निर्णय गर्नुपर्ने भए पनि कार्यकारी परिषद्ले नै पूर्णता नपाउँदा यी कामहरु ठप्प हुने गरेको डा पन्थीले बताउनुभयो । परिषद्ले पूर्णता नपाउँदा विश्वविद्यालयका नीतिगत निर्णयसमेत हुनसकेका छैनन् । 

सभाले गरेका निर्णय र निर्देशन कार्यान्वयन गर्ने, सभामा प्रस्तुत हुने कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्ताव तयार गर्ने, विश्वविद्यालयलाई प्राप्त दान–दातव्य ग्रहण गर्ने, विश्वविद्यालयको कोष र चलअचल सम्पत्तिको संरक्षण गर्ने र सभाको नीति तथा निर्देशनभित्र रहि आवश्यकतानुसार बेचबिखन गर्ने, विश्वविद्यालयअन्तर्गत सञ्चालित कार्यहरूको रेखदेख गर्ने, विश्वविद्यालयसम्बन्धी नियमहरूको मस्यौदा तयार गर्ने र सभामा पेश गर्ने, विश्वविद्यालयका शिक्षक तथा कर्मचारी एवं विद्यापीठका प्राचार्यहरूको नियुक्ति गर्ने, शैक्षिक तथा प्रशासनिक कामका लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी तोक्ने अधिकार कार्यकारी परिषद्ले प्राप्त गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो