२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण

२३ फाल्गुन २०७५, बिहीबार ०६:२३

फागुन २३, राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ । 

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्यक्रमअन्तर्गत बालविकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । 

जनता आधारभूत विद्यालय मुसहर्नियाँमा आयोजित बालविकास केन्द्रको भवन र छात्रछात्राका लागि सुविधा सम्पन्न छुट्टै शौचालय भवनसमेतको निर्माण कार्य सम्पन्न गरिएको छ । भूकम्प प्रतिरोधात्मक निर्माणाधीण बालविकास केन्द्रमा हालसम्म सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोगमा बालविकास केन्द्रमा रु १५ लाख ६९ हजार ४३९, उक्त विद्यालयमा शौचालय निर्माणमा रु ११ लाख सात हजार ७२२, विद्यालयको कक्षाकोठा मर्मतसम्भारमा रु तीन लाख एक हजार गरी रु ३० लाख ९९ हजार ९३८ को लागतमा निर्माण गरिएको प्राविधिक सत्यनारायण यादवले जानकारी दिनुभयो । 

हालसम्म यस बालविकास केन्द्रमा रु १० लाख ५६ हजार मध्ये रु १९ हजार विद्यालयले सहयोग गरेको प्राविधिक यादवले बताउनभयो । 

उक्त विद्यालयमा बालविकास केन्द्रको भवन नहुँदा बालबालिकालाई पठनपाठन तथा सिकाइ प्रक्रिया समस्या हुने गरेको अवस्थामा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले गरेको सहयोगले बालबालिकाको लागि ठूलो उपलब्धि भएको विद्यालयका प्रअ देवन यादव बताउनुभयो । 

उक्त विद्यालयमा बालविकास केन्द्र, बालबालिकाको पहुँच हुने गरी निर्माण गरिएको भौतिक पूर्वाधार विकास भएपछि यस विद्यालयका कक्षा १ को तैयारीसँगै बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास लिएको समुन्नति कार्यक्रमका परियोजना संयोजक उमदेश्वर चौधरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान