२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

स्काभेटरमा आगजनी

२०७५, २३ फाल्गुन बिहीबार ०९:१५

फागुन २३, रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । 

सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन पुगेको छ । यसअघि गत बुधबार राति सोही गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले तोडफोडको प्रयास गरेको थियो । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको बा२झ ३६५२ नं जीपको सिसा फुटेको छ । 

गङ्गादेव गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको भाडाको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट सो गाउँपालिकाको भे१च २७८५ नंको बोलेरो जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको उक्त जीप भाडामा लिएर प्रयोग गरिरहेको गाउँपालिकाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ