२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अभियानको सार्थकता नगुमाऊ

६ चैत्र २०७२, शनिबार १०:५१

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा चलेको सदरमुकाम सरसफाई अभियानले १७ औ हप्ता पार गरेको छ । १७ औं हप्तासम्म आइपुग्दा जिल्लामा निकैनै परिर्वतन भएको आम नागरिकले महसुस गरेका छन् । पहिले बाटोघाटो टोलटोल र गल्लीगल्लीमा फोहोरको डङगुर देखिने गथ्र्यो तर अहिले त्यो हटेको छ ।

जिल्लामा पछिल्लो समयमा फोहोरमैला सडकमा कम देखिन थालेको छ यद्यपी सदरमुकाम सफा भने अझै हुन सकेको छैन । चोकचोकमा फोहोरफाल्ने डस्पीन राखिएता पनि त्यसको आवश्यकता र महत्व कसैले बुझ्न सकेको छैन । सदरमुकाम सफा बनाउने नाउँमा अहिले सदरकुकाम कुश्मा बजारको फोहोर मोदी र कालगण्डकी नदीको किनारमा फालिएको छ ।  जसका कारण पवित्र र तीर्थ जाने नदीका रुपमा मानिएका यी दुई नदि विस्तारै बाग्मतीमा परिणत नहोलान् भन्न सकिदैन । स्थानीय सरोकारवाला निकायले बजार सफा बनाउने नाउँमा विश्वकै एक मात्र शालिग्राम पाइने नदी कालिगण्डकी र बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको मोदी नदिलाई ढलको रुपमा प्रयोग गरेका छन् जसका कारण सरसफाई अभियानको सार्थकतालाई कमजोर बनाउने देखिन्छ । अभियानको उदेश्य बजार सफा गरेर नदीहरु फोहोर बनाउने त पक्कै हैन होला तर पनि अहिले जे भैरहेको छ त्यो भने अभियानको उदेश्य हो की भन्ने देखिएको छ । यस तर्फ तत्तकाल सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

अर्को तर्फ अझै पनि कतिपय सरकारी संघसंस्था सफा हुन सकेका छैनन । बाटो, सडकपेटीमा रहेको फोहोरको टुक्रा टिप्दैमा पनि बजार सरसफाई हुन सक्दैन । सदरमुकाम भित्र रहेका दूई शौचालय मध्य एकको अबस्था दयनीइय छ जसको चाँसो कसैलाई छैन । शिवालयचोकमा रहेको चर्पीको प्रयोग भएता पनि त्यसमो फोहोर उत्तीकै छ भने ज्ञादी झोलुङ्गे पुल नजिकै रहेको चर्पीको दुरदशा कसैले देख्न सकेको छैनन । कुश्माबजारको फोहोर नदीमा मिसाउनेले जिल्लामा आएका पर्यटक तथा मानिसको मलमुत्र मिसाउनको लागि अब भने कुन ठाउँमा मिसाउने स्थानीय सरोकारवाला निकायले यता पनि सचेत र सगज बनौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ