Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ठगी गर्ने एक दम्पती पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २४, वालिङ | घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकै श्रीमती ४० वर्षीया सङ्गीता नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।

निज दम्पतीले नगरपालिका–३ मा महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने भनी प्रलोभन देखाई आठ जनाबाट विभिन्न मितिमा रकम लिई देखाएको जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेकाले पीडित मञ्जु गोदार तथा अन्यले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले दम्पतीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दम्पतीले विभिन्न मितिमा स्याङ्जाको फेदिखोला गाउँपालिका– २ की मञ्जु गोदारबाट रु पन्ध्र लाख, सावित्री दर्जीबाट रु तीन लाख ३० हजार, चुनुमाया गोदारबाट रु तीन लाख ५५ हजार, वेदप्रसाद गौतमबाट रु तीन लाख, कृष्ण महत थापाबाट रु चार लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट रु सात लाख, रुकुमको मुसिकोट नगरपालिका– १ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–८ मा डेरा गरी बस्ने रेशम रावलबाट रु दुई लाख ७५ हजार गरी रु कूल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका दम्पतीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।