२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

विद्यालयमा छात्रा बेहोश

२०७५, २४ फाल्गुन शुक्रबार ०८:३६

विमलबहादुर विष्ट | फागुन २४, डोटी | जिल्लाको सायल गाउँपालिका ६ खातीवडाका पुरन साउदले छोरी रिङ्कुलाई पढ्दै गरेको दल्लेकस्थित हिमालय आधारभूत विद्यालयबाट छुटाएर अर्को विद्यालयमा सार्नुभएको छ । 

उक्त विद्यालय जाँदा छोरी काँप्ने (देउता आउने) भएकीले उहाँले सो विद्यालयबाट निकालेर गोलदेउला एकेडेमीमा भर्ना गर्नुभएको हो । “त्यो विद्यालयमा पढ्दा मेरो छोरी धैरै पटक काँपेकीले उनलाई अर्को विद्यालयमा भर्ना गरेँ” उहाँले भन्नुभयो । 

साउदका अनुसार नयाँ विद्यालयमा पनि रिङ्कु एक पटक कापिन तर अहिले अवस्था सामान्य छ । उक्त विद्यालयका कपितपय छात्रा विगत दुई महीनादेखि लगातार काँप्ने, चिच्याउने, मुठ्ठी कस्ने र बेहोस् हुने गरेको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “निरन्तर दुई महीनादेखि विद्यार्थी काँप्दै आएका छन् । छात्रा काँप्ने गरेकै कारण कतिपय अभिभावकले विद्यालय परिवर्तन गरिसके । यसबाट विद्यालयको पढाइमा समेत असर परेकोे छ ।” 

उक्त विद्यालयमा मध्यान्हको १२ बजेपछि प्राय धेरै छात्रा बेहोस हुने गरेको सो विद्यालयका अर्का शिक्षक गोपाल बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “छात्रा काँप्न थालेपछि हामीले धामीझाँक्री पनि प्रयोग ग¥यौँ, त्यसोगर्दा उत्तिबेला ठिक हुन्छ तर दोस्रो दिनदेखि फेरि समस्या बल्झिने गरेकाले हामी हैरान भइसकेका छौँ ।” उक्त विद्यालयमा छात्रा काँप्ने समस्याले विद्यालयको पढाइमा असर परेको र कतिपय छात्रा अन्तै जान थालेको खबर प्राप्त भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिला सामान्य समस्या हो भनेर विद्यालयले जानकारी दिएन, अहिले जानकारी गराएको छ, स्वास्थ्यकर्मीसँग सल्लाह गरेर आवश्यक कदम चाल्छौँ ।” ‘कन्भर्सन डिसअडर’ भएकाकारण उक्त विद्यालयका छात्रा काँपेको हुनसक्ने जिल्ला अस्पतालका डा गिरीस अवस्थीले बताउनुभयो । “यो समस्या महिला पुरुष दुवैमा देखिने भए पनि महिलामा बढी देखिने गर्छ”, उहाँले भन्नुभयो, “महिलाको मनमा गुम्सिएर रहने तनावले गर्दा यसो भएको हुनसक्छ ।” पहिले यसलाई ‘मास हिस्टेरिया’ भन्ने गरिन्थ्यो तर चिकित्सकीय भाषामा यसलाई ‘कन्भर्सन डिसअडर’ भनिने गरिएको डा अवस्थीले जानकारी दिनुभयो । 

यस्तो समस्या भएको व्यक्तिमा कराउने, चिच्याउने, हात खुट्टा बाउडिने, मुठ्ठी कस्नेजस्ता लक्षण देखिने गरेको उहाँको भनाइ थियो । 

विद्यार्थीको स्वास्थ्य परीक्षण 

पूर्वी क्षेत्रमा पर्ने केआईसिंह गाउँपालिकाले पहिलो पटक आफनो क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण अभियान थालेको छ । डा राजु गुरुङको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले वडा नं ५ जमलकट्टेस्थित भूवनेश्वर माविका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको हो । गाउँपालिका गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले विद्यार्थीलाई जुकाको औषधि खुवाएर सो अभियान शुभारम्भ गर्नुभएको थियो । 

सो अभियानलाई जिल्लास्थित पारस्परिक जवाफदेहिता परियोजनाले सहयोग पु¥याएको उक्त गाउँपालिकाका स्वास्थ्य एकाइ संयोजक तिलबहादुर बोहराले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा उक्त गाउँपालिका–५ का चार सामुदायिक विद्यालयमा स्वास्थ्य परीक्षण गर्नाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षमा गाउपालिकाभरिका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने सोच बनाइएको उहाँको भनाइ थियो । 

गाउँपालिकाले आँखा कमजोर भएका विद्यार्थीलाई चश्मा तथा महिनावारी भएका छात्राका लागि सेनटरी प्याडसमेत हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष शाहीले विद्यार्थीको समयमै शरिर जाँच गरी स्वास्थ र निरोगी नागरिक बनाउन गाउँपालिका लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो गाउँपालिकाभित्रका सम्पूर्ण विद्यार्थीलाई निरोगी बनाउने अभियनमा छौँ । केही वर्षमै पूरै गाउँपालिकाका नागरिकलाई निरोगी बनाउने छौँ ।” 

उक्त विद्यालयलाई प्राथमिक उपचार सामाग्री भएको किटबक्स समेत वितरण गरिएको शिक्षक चेतराज भट्टले जानकारी दिनुभयो । भूवनेश्वर माविमा गरिएको स्वास्थ्य परीक्षणमा विद्यार्थीको तौल, उचाइ नाप्नाका साथै उनीहरुको कान, नाक, दाँत, छातीलगायत परीक्षण गरिएको स्वास्थ्य एकाइ संयोजक बोहराले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु