२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान

२०७५, २४ फाल्गुन शुक्रबार ०८:५२

फागुन २४, नवलपरासी । हेल्पिङ ह्याण्डस नामक संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । 

पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्र र विपत् जोखिम न्यूनीकरणमा उल्लेखनीय सहयोग पुर्याएवापत नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष एवम् अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार हरि शर्मालाई ‘उषा–प्रकाश पत्रकारिता सम्मान’बाट सम्मान गरेको छ । 

यसैगरी शिक्षा क्षेत्रमा योगदान पुर्याएवापत सात पूर्वशिक्षक एवं प्राध्यापकलाई ‘प्रकाश–सञ्जय शिक्षक सम्मान’ र सामाजिक क्षेत्रमा योगदान पु¥याएवापत ‘पवनदेवी सामाजिक सम्मान’बाट तीनजनालाई सम्मान गरिएको छ । 

परासीमा बिहिबार आयोजित कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता र संस्थाका संरक्षक प्रकाशचन्द्र श्रेष्ठले संयुक्तरूपमा उहाँहरुलाई सम्मान गर्नुभएको हो । 

भूकम्पको समयमा नवलपरासी, धादिङ, गोरखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा राहत र शैक्षिक सामग्री वितरण गरेको हेल्पिङ ह्याण्डस् हाल सामाजिक क्षेत्रमा क्रियाशील छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते