२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रारा राष्ट्रिय नाटक महोत्सव सुरु

२०७५, २४ फाल्गुन शुक्रबार ०९:०८

फागुन २४, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक रारा राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नाटकमार्फत सम्भावनाको बाटोमात्रै देखाउन कलाकारलाई अनुरोध गरे । ‘तपाइहरु समाजको ऐना हो, तपाईहरुले अब निराशाको बाटो देखाउनुहुँदै’ उनले भने, ‘नाटकमा पनि समृद्धिका सम्भावना देखाइदिनुहोस्, ता कि निराश भएकाहरु पनि काममा लागिपरुन् ।’ यस्तै, देशमा आर्थिक समृद्धिका लागि सबै क्षेत्रका नागरिक संगठित हुनुपर्ने उनको भनाइ थियो ।


सरकारले आधार तयार गरिरहेकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई साकार पार्न सबै नागरिकहरु अभियानमा सरिक हुनुपर्ने बताए । ‘एक वर्षमा सरकारले आफ्नो आधार तयार पारेको छ’ उनले भने, ‘अब त्यही आधारमा टेकेर समृद्धिपथमा लम्किने छ ।’ यसमा सरकार एक्लैलले केही गर्नसक्दैन, नागरिक सबैको साथ आवश्यक भएको उनको भनाई छ । सरकारले घोषणा गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा कुनै भाषण नभएको बताउँदै नारालाई पुरा हुनका लागि आत्मनिर्भरता, उत्पादन, स्वरोजगार र आर्थिक विकास हुने स्पष्ट पारे ।

भाषण गरेजस्तो एकैपटक परिवर्तन सम्भव नहुने उनको भनाई छ । ‘परिवर्तनहरुविस्तारै देख्न सकिन्छ’ उनले भने, ‘समृद्धिका लागि सबैले सकारात्मक सोचका साथ अभियानमा सरिक भएमा परिवर्तन आफै देख्नुहुनेछ ।’ देशभरीका रंगकर्मीहरुलाई प्रस्तुत गर्ने नाटकहरुमा पनि व्यवस्थाप्रतिको वितृष्णा भन्दा पनि सकारात्मक चेतना पैदा हुने गरी प्रस्तुतीकरण राखिदिन अनुरोध गरे कानुन अभावका कारण सबै कामहरु एकैपटक गर्न नसकिएको मन्त्री पोख्रेलले स्वीकार गरे ।

महोत्सव उद्घाटनमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघले प्रदेशलाई अधिकार नदिएको गुनासो गरे । रक्षामन्त्री पोखरेललाई उनले सबैतर्फबाट कर्णालीप्रति सहानुभुति भइरहेका बेला संघबाट नहुनु दुःख भएको सुनाए । कला र संस्कृतिको उद्गम कर्णालीमा पहिलोपटक भएको महोत्सवमा सहभार्गी रंगकर्मीहरुलाई मुख्यमन्त्री शाहीले आवश्यक सहयोग गर्नका लागि तयार रहेको प्रतिबद्धता जनाए । सात दिनसम्म संचालन हुने महोत्सवमा १३ नाटक मञ्चन हुने महोत्सवका संयोजक तथा बरिष्ठ रंगकर्मी प्रभाकर शर्माले जानकारी दिए । एक प्रदेशबाट दुई÷दुई वटा नाटक मञ्चन हुनेछन् । बिहीबार पहिलो दिन आरङ्ग नेपालको तर्फबाट मुसलपर्व मञ्चन भएको छ । 

सांस्कृतिक संस्थान र आरङ्ग नेपाल सुर्खेतले आयोजना गरेको रारा राष्ट्रिय नाटक महोत्सव फागुन २९ गतेसम्म सञ्चालन हुने छ ।संघीय राजधानी बाहिर पहिलो पटक कर्णालीमा नाटक महोत्सव भएको भन्दै यसले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीको अभियानमा सहयोग पुर्याउने आरंङ्ग नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमले बताए ।महोत्सवका लागि विभिन्न जिल्लाका मुसल पर्व, आरन, छाउ, म पहिलो सन्तान किसान जन्माउँछु, आमाको सपना, दहेज आ दारु, श्रीमान् वीरबहादुर, जिउँदो आकाश, फड्को, नौगेडि लगायतका नाटक प्रस्तुत गरिने गौतमले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते