Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मकैको सातुको व्यावसायिक उत्पादन

२०७५, २५ फाल्गुन शनिबार ०५:४१

फागुन २५, पर्वत | नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो । 

आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको लागि मात्र प्रयोग हुने गरेको छ । क्यालोरी, सुगर, फाइवर, ओमेगालगायतका तत्व पाउन सकिने मकैको खाने चलन हराउँदै गएको बेलामा पर्वतमा भने खानको लागि सजिलो र स्वादिलो बनाएर पहिलोपटक व्यावसायिक रुपमा मकैको सातुको उत्पादन थालिएको छ । 

फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रशोधन उद्योगले स्वास्थ्यमासमेत फाइदा पु¥याउने भएकाले मकै खाने बानी बढाउन यसको सातु उत्पादन गरेर बजारमा पठाउन थालेको छ । यस अगाडि लप्सी, अमला, सुन्तला, खुर्सानी, अदुवालगायतका खाद्य वस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुसजस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएको थियो । यस वर्षबाट भने मकैको सातु पनि उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो । 

“मकै खानु स्वास्थ्यको लागि राम्रो हो । अहिले भात खाने प्रवृत्तिले मकैको महत्व घटेको छ” भुसालले भन्नुभयो, “अरु खाद्यान्न पनि मिसाएर प्रशोधन गरिएको सातु स्वादिलो छ । यसले चामलको सट्टामा मकै खाने बानीको विकास गर्न सक्छ भन्ने पनि लागेको छ ।” 

पौष्टिक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, पाँच प्रतिशत बदाम, तीन प्रतिशत चिनी, एक प्रतिशत नुन, एक प्रतिशत अदुवा, मरिच र अलँैची राखिएको छ । 

उद्योगले फलफूलको अलावा कोदो र गहुँको परिकार पनि बजारमा ल्याएको छ । स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरिएको छ भने सातुलाई उत्पादनको छ महीनासम्म प्रयोग गर्न सकिने छ । विश्वमा मकै उत्पादन गर्ने र खाने प्रचलनमध्ये अमेरिकाबाट शुरु भएको थियो । बजारमा जौ, चनालगायत अन्य खाद्यवस्तुको सातुको माग बढ्दै गएका बेला मकैको सातुले पनि राम्रो बजार पाउने देखेर उत्पादन थालिएको भुसालको भनाइ छ । उहाँको उद्योगमा उत्पादित मकैको सातु सदरमुकाम कुश्माबजार, पोखरा, काठमाडाँै, नारायणगढलगायतका बजारमा पठाइने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ